BIG FM 101.2 MHz ... unik chha, Listen Live FM, Pokhara, Nepal, bigfm, big, fm, fm 101.2, 101.2 mhz, listen live fm, live radio, radio, unik chha, pokhara fm, pokhara, fm in pokhara, fm in nepal, nepal, rjs, program

Main News

असार ५
गुण्डागर्दी तथा अवैध रुपमा चन्दा असुल उपर गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी निरीक्षक रविन्द्र मान गुरुङ्ग सहितको टोलीले पोखरा उपमहानगरपालिका वडा नं. १० बुद्धचोकबाट एक थान कटुवा पेस्तोल सहित वर्ष ३४ को विकास च्याण्टे भन्ने नविन गुरुङ्गलाई पक्राउ गरेको छ
असार ५
पोखरा विश्वविश्वविद्यालयको स्थगित भएका इन्जिनियरिङ्ग तर्फका परिक्षाहरु तुरुन्त
गराउनका लागि अनेरास्ववियु पोखरा विश्वविद्यालय गण्डकी अंचल कमिटीको
आयोजनामा आज पोखरा विश्वविद्यालयमा दवाव कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा
गण्डकी अंचल भित्रका इन्जिनियरिङ्ग कलेजहरु स्कुल अफ इन्जिनियरिङ्ग, पोखरा
इन्जिनियरिङ्ग कलेज र गण्डकी कलेजको इन्जिनियरिङ्ग एण्ड साइन्सेसका विद्यार्थीहरुले
परिक्षा नियन्त्रक र रजिष्टारलाई घेराउ गर्दै तत्काल परिक्षा तालिका सार्वजनिक
गर्न चेतावनी दिए ।
पोखरा, असार ५ गते ।
पोखराको रामबजारबाट कारोबार सञ्चालन गरिरहेको अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं स्थापना दिवस बुधबार मनाएको छ ।

सहकारीका अध्यक्ष ख्यामनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जेष्ठ शेयर सदस्य कृष्णबहादुर जोशीले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा मेरीगोल्ड उच्च माविका संस्थापक मोती गुरुङ, पूर्व उपाध्यक्ष बुद्धिमान गुरुङ, रोयल सहाकारीका उपाध्यक्ष गणेश प्रधान, भोला श्रेष्ठ, वडा नं. १५ टोल समन्वय समितिका अध्यक्ष प्रकाश पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कास्कीको लामाचौर गाविस वडा नं.५ स्थित अकलादेवी मन्दिरका पुजारी भेषराज गौतमले आफुलाई व्यवस्थापन समितिले अन्यायपूर्वक निष्कासन गरेको बताएका छन् । विगत ३५ वर्षदेखि पुजारीको रुपमा रहेका गौतमले मन्दिरबाट एक्कासी निष्कासन गरेपछि आफू विचल्लीमा परेको गुनासो गरे ।
‘मन्दिरमा पुजापाठ गरेर परिवार पाल्दै आएको थिए’–गौतमले भने–‘समितिले जालझेल गरेर निष्कासन गरेपछि अन्यायमा परे ।

« नयाँ सामाग्री    पुराना सामाग्री »

Updates

4th BIG ICON 2013
Apr 10, 2013
4th BIG ICON 2013 Coming soon.... forms are available at BIG FM 101.2 Mhz Newroad, Pokhara....

Brief

  • This is an open competition for all who wants to sing and sing for their life.

Aim

  • To hunt potential unbeatable talents

Target

  • A platform for music lovers, want to be singers
  • A station for music and enjoyment
  • A dedication for Nepalese music industry

Goal

  • To make it a dream-event for upcoming music talents