Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » अन्र्तराष्ट्रिय भलिवलको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफलाई

अन्र्तराष्ट्रिय भलिवलको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफलाई

पोखरा, २९ माघ-
पोखरामा जारी आमन्त्रित अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभूवन आर्मी र महिला तर्फ सशस्त्र प्रहरी वलको एपीएफ क्लवले जितेको छ । पोखरा रंगशालास्थित भलिवल टे«निङ सेन्टरमा शनिबार खचाखच दर्शककाबीच भएको प्रतिष्पर्धामा पुरुषतर्फ आर्मीले नेपाल पुलिस क्लवलाई र एपीएफले न्यू डायमण्डलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।

जितसँगै महिला तथा पुरुष दुबैतर्फको बिजेताले जनही नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेतामा चित्त बुझाएको पुरुषतर्फको नेपाल पुलिस क्लव र महिलातर्फको न्यू डायमण्ड एकेडेमीले नगद ७७ हजार ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरुषतर्फको फाइनल भिडन्तमा आर्मीले पुलिसलाई ३/१ को सेटमा पराजित ग¥यो । आर्मीले पुलिसलाई २५—२१, २१—२५, २७—२५ र २५—१३ को अन्तरमा पराजित गरेको हो ।

त्यस्तै, महिलातर्फको फाइनल भिडन्तमा एपीएफले न्यू डायमण्डलाई ३/१ को सेटमा पराजित ग¥यो । एपीएफले न्यू डायमण्डलाई २५—१८, २५—१४, १८—२५ र २५—१५ को सेटमा पराजित ग¥यो ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभूवन आर्मीका धनबहादुर भट्ट सर्बोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, बेष्ट स्पाइकरमा पुलिसका कुलबहादुर थापा, बेष्ट सेटरमा पुलिसकै ईम राना, बेष्ट लिबेरोमा पुलिसकै शमशेरबहादुर चन्द, बेष्ट ब्लकरमा आर्मीका हरि अधिकारी र बेष्ट सर्भरमा आर्मीकै मानबहादुर श्रेष्ठ घोषित भए ।

महिलातर्फ सशस्त्र प्रहरी वल एपीएफ क्लवकी सरस्वती चौधरी सर्बोत्कृष्ट खेलाडी घोषित भईन् । त्यस्तै, बेष्ट स्पाइकरमा न्यू डायमण्डकी प्रतिभा माली, बेष्ट सेटरमा न्यू डायमण्डकै कृपा अधिकारी, बेष्ट लिबेरोमा न्यू डायमण्डकै सलिना श्रेष्ठ, बेष्ट ब्लकरमा न्यू डायमण्डकै ललिता नाथ र बेष्ट सर्भरमा एपीएफकी रेश्मा भण्डारी घोषित भए ।
प्रतियोगिताको सर्बोत्कृष्ट महिला तथा पुरुष दुबैले १०/१० हजार तथा उत्कृष्ट घोषित खेलाडी महिला तथा पुरुष दुबैले जनही ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, सशस्त्र प्रहरीका प्रमुख तथा प्रहरी महानिरिक्षक दुर्जकुमार राई, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समतिका अध्यक्ष यामबहादुर गुरुङसहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको समापनको अवसरमा प्रतियोगिताको मुख्य प्रायोजक श्रृजना विकास केन्द्र, पूर्व अन्र्तराष्ट्रिय भलिवल खेलाडी तथा सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई र सशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक कृष्णभक्त ब्रह्माचार्यलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्यसचिव केशबकुमार विष्टले पोखरालाई खेलकुद नगरी बनाउनुपर्ने भन्दै त्यसका लागि राखेपले सहयोग गर्ने बताए । उनले पोखरा रंगशालामा निर्माणाधिन भलिवल टे«निङ सेन्टर निर्माणका लागि चाँडै एक करोड निकासा गर्ने घोषणा गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा भव्य रुपमा सम्पन्न भलिवल प्रतियोगिताले पोखरामा सबै प्रतियोगिता गर्न सक्षम छ भन्ने प्रमाणि गरेर देखाएको बताए । उनले आठौं राष्ट्रिय खेलकुद पश्चिमाञ्चललाई दिने भनेर अन्तिममा मध्यपश्चिमलाई दिएर आफूहरुलाई झुक्याएको बताउँदै अहिले मध्यपश्चिमको पूर्वाधारले सो निर्णयलाई गिज्याईरहेको बताए । उनले हुनै नसक्ने मध्यपश्चिममा प्रतियोगिता गर्न दिनुभन्दा पोखरालाई दिने निर्णय चाँडै गर्न आग्रह समेत गरे ।

Check Also

आइपिएल : एक रनले मुम्बईले तेस्रो उपाधि उचाल्दा पुणे स्तब्ध, हेर्नुहोस् तस्विरहरु

जेठ ८ –इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । राइजिङ पुने …