Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » अमेरिकामा डिभी चिठ्ठा बन्द गर्ने तयारी, नेपालीहरु समेत प्रभावित हुने

अमेरिकामा डिभी चिठ्ठा बन्द गर्ने तयारी, नेपालीहरु समेत प्रभावित हुने

माघ २८ गते-
अमेरिकाले बर्षेनी विभिन्न देशहरुमा खोल्ने डिभी चिठ्ठा बन्द गर्ने तयारी गरेको छ । अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएसँगै अब डिभी चिठ्ठा बन्द हुने लगभग भएको हो ।

बाराक ओबामापछिका राष्ट्रपति डोनाल्ड ट्रम्पकै नीतिका अनुसार रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । यो विधेयक पास भएमा धेरै नेपालीहरु समेत प्रभावित हुनेछन् । विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए । यो कार्यक्रम अन्तर्गत हरेक वर्ष ५० हजार मानिस अमेरिका पुग्ने गरेका थिए ।

यो विधेयकबारे सदनमा छलफलपछि मात्रै निर्णय हुनेछ ।

Check Also

डोनाल्ड ट्रम्पविरुद्ध फेरि हजारौं जनता सडकमा उत्रिए

हाउस्टन, ८ फागुन- संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात …