Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » अाइतबारकाे कन्सर्टमा झुमाउन जापान पुग्याे कन्दरा

अाइतबारकाे कन्सर्टमा झुमाउन जापान पुग्याे कन्दरा

पाेखरा, ३ बैशाख-

नयाँ वर्षको अवसर पारेर जापानका नेपालीलाई मनोरञ्जन दिलाउन पोखराको चर्चित कन्दरा ब्यान्डका कलाकार जापान पुगेका छन् ।

कास्की पोखरा समाज जापानको आयोजनामा आइतबार हुने सांगीतिक कार्यक्रमको लागि कन्दरा ब्यान्ड जापान पुगेको हो । ब्यान्डका कलाकारलाई आयोजक कास्की पोखरा समाज जापानका अध्यक्ष शिव पौडेल लगायतका पदाधिकारीले स्वागत गरे ।

नेपाली सांगीतिक आकाशमा पोखरेली लोक तथा रकगीतको मिश्रण गरी लोकप्रिय बनेको हो कन्दरा ब्यान्ड । कन्दराले १६ अप्रिल १६ मा जापानवासी नेपालीबीच २० भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गरी मनोरञ्जन दिने संस्थाका महासचिव सुरेश लामिछानेले जानकारी दिए ।

कास्की पोखरा समाज जापानको आयोजनामा ‘कन्दरा लाइभ ईन टोक्यो २०१७’, अप्रिल १६ तारिक आइतबारका दिन ओता कुमिन सेन्टरमा कामतामा हुनेछ । टोकियो लाइभमा चर्चित गायक विनोद बानियाको विशेष प्रस्तुति रहनेछ ।

कन्दरा ब्यान्डका विवेक श्रेष्ठ प्रमुख भोकलिस्ट हर्कबहादुर थापा, अविनाश गायक, बुद्धराज गुभाजु, अमीत गुरुङ र अनील गुरुङले सहभागीलाई मनोरञ्जन दिनेछन् ।

Check Also

बलदीपले निरमायाँलाई बोलाएपछि (भिडियोसहित)

बिग न्यूज पोखरा, २३ कात्तिक । गायक बलबहादुर अर्मजा (बलदीप)को नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक …