Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » एनसेलबाट ‘फ्रि फेसबुक’ चलेन ? यसो गर्नुस्

एनसेलबाट ‘फ्रि फेसबुक’ चलेन ? यसो गर्नुस्

फागुन ४ गते–
मोबाइल सेवा प्रदायक संस्था एनसेलले आजदेखि निःशुल्क फेसबुक सेवा सुरु गरेको छ । एनसेलले टेक्ट भर्जन र फोटो अपलोड, लाइक, पोष्ट तथा सेयर निःशुल्क गराएको हो ।

फेसबुकसँगको सहकार्यमा सुरु भएको यो सेवा मोबाइल डाटा चल्ने सबै फोनहरुमा काम गर्छ । एन्ड्रोइड स्मार्टफोनमा फेसबुकको एपमा गई गो टु फ्रि मोडमा क्लिक गरेपछि निःशुल्क फेसबुक चलाउन सकिन्छ ।

यदी तपाईंको फोनमा फेसबुक चलेन भने फेसबुकको एप अडेट गर्नुपर्ने हुन्छ । त्यसका लागि गुगल प्ले स्टोरमा गएर तपाईंले फेसबुक या फेसबुक लाइट के प्रयो गर्नुभएको छ त्यो एप अपग्रेड गर्नुपर्ने हुन्छ । साथै *१७११४# डायल गरी प्राप्त हुने लिंक खोलेर पनि निःशुल्क फेसबुक चलाउन सकिनेछ ।

फेसबुक म्यासेन्जरमा भने यो सुविधा उपलब्ध छैन । फेसबुक अकाउन्टमा देखिने फ्रि मोडमा क्लिक गरी फेसबुक निःशुल्क चलाउन सकिन्छ ।

फोटो र भिडियोहरु हेर्दा भने नियमित शुल्क लाग्नेछ । डाटा मोडमा डाटा प्याकबाट भोल्यूम काटिन्छ वा डाटा प्याक नलिएको खण्डमा ट्यारिफ अनुरुप शुल्क लाग्नेछ ।

Check Also

सन्तद्वयका शान्त ‘बुद्ध’ (भिडियो सहित)

रञ्जन अधिकारी पोखरा, १० असोज / साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु …