Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » कागबेनीमा बस पल्टियो, चालकसहित तीनको घटनास्थलमै मृत्यु, १७ यात्रु घाइते, १० गम्भिर

कागबेनीमा बस पल्टियो, चालकसहित तीनको घटनास्थलमै मृत्यु, १७ यात्रु घाइते, १० गम्भिर

मुस्ताङ, १७ असोज । चार जना तीर्थयात्रीको ज्यान गएको केहि महिना नबित्दै कागबेनी मुक्तिनाथ सडक खण्डमा फेरि अर्को दुर्घटना भएको छ ।

मुक्तिनाथ रानीपौवाबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको बस बाह्रगाउँ मुक्तिक्षेत्र कागबेनीको घुम्तीमा दुर्घटना हुँदा बस चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलवार दिउसो भएको दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । १० जनाको अवस्था गम्भिर छ ।

जोमसोम देखि मुक्तिनाथ रुटमा चल्ने मुस्ताङ जीप तथा बस व्यवसाय समितिको उक्त बसले मुक्तिनाथ दर्शनगरी फर्किएका ३८ यात्रु लिएर जोमसोम तर्फ आउदै गरेको अवस्थामा ओरालोमा पल्टिएको हो ।

कागबेनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि यो पहिलो बस दुर्घटना हो ।

मुस्ताङबाट पत्रकार सुन्दरकुमार थकालीको सहयोगमा

Check Also

उपसभामुख एमाले प्रवेश, एमालेले हिमाल पहाड तराई जोड्ने काम गरे: यादव

आश्विन २९, २०७४-निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् । एमाले …