Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » कास्कीको माछापुच्छ्रे रिभानमा भिषण बाढीपहिरो, १५ घरपरिवार विस्थापित

कास्कीको माछापुच्छ्रे रिभानमा भिषण बाढीपहिरो, १५ घरपरिवार विस्थापित

पोखरा, २५ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलवार रातीको पहिरोले १५ घरमा पूर्ण क्षति पुगेको छ । भिषण पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १५ घर वस्न नमिल्ने गरि क्षति पुगेको हो ।

पहिरोले देवीलाल लामिछाने, प्रविण लामिछाने, गगां आचार्य, सन्तु माया लामिछाने, हिमाल भुषाल, गगां विकको घरमा क्षति पु¥याएको छ । यसै गरि प्रेम विक, नर बहादुर विक, कमला परियार, गंगा विक, प्रल्हाद लामिछाने, डम्बर विक, खेम कुमारी विक र रेशम लामिछानेको घरमा पनि क्षति पुगेको छ ।

राति भागेर ज्यान जोगाएका उनीहरुले छिमेकी गाउँमा रात बिताएका थिए । पहिरोले घर बस्न नहुने गरी भत्काएको बिस्थापित मध्येका एक देवीलाल लामिछानेले जानकारी दिए । घरको छाना, गाह्रो केही पनि बाँकी नरहेको उनको भनाइ छ ।

पहिरोले मानवीय क्षति नभए पनि गाईभैंसी पुरेको तथा स्थानीय सरस्वती मन्दिर, माछापोखरी, पोल्ट्री फार्म तथा एक्यापको नर्सरी पुरेको लामिछानेले जानकारी दिए । वाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र विजुलीका पोलहरु समेत समेत वगाएको कास्की प्रहरीले जनाएको छ ।

पहिरो गए लगत्तै प्रहर चौकी घाचोक कास्कीबाट प्रहरी सहायक निरीक्षक बिल बहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिई उद्धार कार्य गरेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीको कमाण्डमा १५ जनाको थप उद्धार टोली समेत खटिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समेतको उद्धार कर्मीहरुको टोलीले पिडितहरुको सामान निकालेको थियो ।

यसै बीच प्रमुख जिल्ला अधिकराी तारानाथ अधिकारीले पिडितहरुलाई राहत स्वरुप जनही १५ हजार वितरण गरेका छन् । यसै गरि नेकपा माओवादी केन्द्र कास्की पार्टी कार्यालयको तर्फबाट जिल्ला सदस्य प्रविण अधिकारीले १३ थान कम्मल र १३ थान त्रिपाल प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै पहिरोबाट प्रभावित भएका १५ घर परिवारलाई जिल्ला रेडक्रस सोसाइटी कास्कीले कम्मल, त्रिपाल, भाडाकुडा र खाद्यान्न लगायतका सामाग्री सहितको राहत वितरण गरेको छ ।

Pic. Yunish Gurung

Check Also

नागरिक अभियन्ता पौडेललाई सामाजिक सेवा सम्मान

रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा बस व्यवसायी समितिले हर्क बहादुर गुरुङ स्मृति सामाजिक …