Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » कास्कीको लेखनाथमा ग्याँस सिलिण्डर पड्कियो, ५ जना घाइते, एकको अवस्था गम्भिर​

कास्कीको लेखनाथमा ग्याँस सिलिण्डर पड्कियो, ५ जना घाइते, एकको अवस्था गम्भिर​

पाेखरा, २७ पुस–
कास्कीको लेखनाथ ८ सिसुवा स्थित डुडाकोमुख भन्ने ठाउमा ग्यास पड्किदा ५ जना घाइते भएका छन । घाइतेको पोखराको मनिपाल शिक्षण हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते हुनेहरुमा कास्की लेखनाथ ८ शिशुवा बस्ने रुकु थापा, महेश थापा, बसन्धरी पौडेल, सरास्वति भन्डारी र लक्ष्मी अधिकारी रहेका छन् । घाइते मध्ये रुकु थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । खाना पकाउँदा सिलिन्डर ग्यास  लिक भएर पड्किदा उनिहरु घाइते  भएको  हुन सक्ने स्थानियले बताएका छन् ।

Check Also

स्ववियु चुनावमा होमिए विद्यार्थी, यस्तो छ कास्कीका ६ क्याम्पसमा रौनक

रञ्जन अधिकारी पोखरा, १६ फागुन / त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी …