Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » कास्कीमा मतगणना सोमबार मात्रै

कास्कीमा मतगणना सोमबार मात्रै

पोखरा वैशाख ३१/ कास्कीमा भोलिदेखि मात्रै मतगणना हुने भएको छ । विभिन्न स्थानबाट निर्वाचन कार्यालयमा मतपेटिका आउन समय लाग्ने र सर्वदलीय बैठकलगायत आन्तरिक तयारी नभएको भन्दै भोलिदेखि मतगणना गर्ने भनिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका, रुपा, माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिकामा सोमबार बिहान सर्वदलीय बैठक बसेर मात्र मतगणना गरिने सम्बन्धित निर्वाचन अधिकृतहरुले जनाएका छन् । आइतबार मतदान सकिएलगत्तै मतपेटीकालाई गणनास्थलमा ल्याउने काम भइरहेको छ ।

माछापुच्छ्रे र रुपा गाउँपालिकामा सबै मतपेटीका गणनास्थलमा आइसकेका छन् । अन्नपूर्ण र मादी गाउँपालिकामा भने राति १/२ बजेसम्म मतपेटीका आाइपुग्ने छन् । महानगरमा भने मतपेटीका लगभग ल्याइसकिएको छ ।

‘अहिले दलहरुलगायत सबै थाकेको अवस्था छ,’ मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले भने, ‘सोमबार बिहान ७ बजे सर्वदलीय बैठक राखेर त्यसपछि मतगणना गरिनेछ ।’

महानगरपालिकाको मतगणना नगर विकास प्रशिक्षण केन्द्र बगरमा हुनेछ । त्यस्तै, रुपा र मादी गाउँपालिकाको सम्बन्धित कार्यालय भवन, माछापुच्छ्ेर गाउँपालिकाको वडा नम्बर ४ स्थित महेन्द्र माविको बाल विकास केन्द्र कक्ष र अन्नपूर्ण गाउँपालिकाको क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेको सेमिनार हलमा हुने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

Check Also

पोखराका अस्पताल र औषधि पसलको अनुगमन, विना अनुमति सञ्चालित एउटा ल्याब बन्द

पोखरा ८ साउन । पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु गरिएको छ । स्वास्थ्य …