Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » कृ फष्टलुकमा आक्रामक अनमोल केसी

कृ फष्टलुकमा आक्रामक अनमोल केसी

काठमाडौं । कमैमात्र फिल्ममा अभिनय गर्ने युवापुस्ताका स्टार अभिनेता अनमोल केसी अभिनिति फिल्म ‘कृ’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा नयाँ लुक्समा देखिएका अभिनेता अनमोलको व्यवहार आक्रामक देखिन्छ । फस्टलुक सार्वजनिक गरेसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । यो फिल्म कार्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

अनमोलले यो फिल्मका लागि शरीर बनाउन निकै मेहनत गरेका थिए । अनमोलको यस्तो अवतार यस अगाडिको फिल्ममा देखिएको थिएन । नेपाली फिल्ममा लभर ब्वाइको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने एक्सन हिरोको रुपमा उदाउने देखिएको छ ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो फिल्मतयार भएको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्ममा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । फिल्मका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् । फिल्ममा कमल गिरी कार्यकारी निर्माता छन् भने श्री पराजुली सह–निर्माताको रुपमा रहेका छन् । फिल्मलाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाडौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ । काठमाडौमा भने सुवास इन्टरटेन्मेन्टले नै फिल्मको वितरण गर्नेछ ।

फिल्मको बजेट साढे २ करोड माथि रहेको निर्माता सुवास गिरीले बताएका छन् । उनले भने–‘यसपटक अनमोलका फ्यानका लागि ‘कृ’ एउटा सरप्राइज फिल्मको रुपमा रहने पक्का छ । हामीले हरेक दृश्यमा निकै मिहिनेत गरेका छौ । जुन, पर्दामा दर्शकले देख्न पाउनुहुनेछ ।’

Check Also

भदौ १७ गते पोखरामा ‘सिग्नेचर’ स्क्रिनिङ हुँदै

‘सिग्नेचर’ फिल्मको सकारात्मक अभियान पोखरामाबिग न्यूज पोखरा, ३२ साउन । आगामी भदौको १७ गते पोखरामा …