Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » जन्डीस  (पहेलो रोग ): हाम्रो समाजको बुझाई ,बास्तकिकता र यसका भ्रमहरु

जन्डीस  (पहेलो रोग ): हाम्रो समाजको बुझाई ,बास्तकिकता र यसका भ्रमहरु

जन्डीस भनेको के हो ? के   जन्डीस आफैमा कुनै रोग हो ?

      जन्डीस भनेको शरीरमा पहेलो तत्व ( Billirubin )  बढेको अवस्था हो |

भ्रम : यो आफैमा एउटा रोग हो | एकदमै मुख बार्नु पर्ने रोग | मुख राम्ररी बर्न नसके बल्झिरहंछ |

येथार्थ : यो आफैमा एउटा रोग होइन | यो त मात्र कलेजोको रोगको लक्षण हो | जसरी ज्वरो आफैमा एउटा रोग होइन,  हो तेस्तै मात्र कलेजो सुन्नेको या कलेजोमा रोग लागेको छ है , यसको अर्थ | Gall Bladder ( पित्त थैली ) मा पथ्थ्हर हुँदा नि जन्डीस देखिन सक्छ|

 

जन्डीस का मुख्य कारणहरू: : हाम्रो समाज मा

  • Hepatitis ( हेपाटाइटिस ) A,E ; Typhoid – कारण फोहोर पानी
  • Gall Bladder ( पित्त थैली ) मा पत्थर
  • Alcoholic liverdisesase ( रक्सी र कलेजो रोग)

सफल उपचार गरे जन्डीस निको हुन्छ | मुख बार्न मात्र लागएर उल्टो बेफाइदा हुन सक्छ |

 

जन्डीस मा के के लक्षण हुन्छन त ?

खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने,मुख मिठो नहुने , आलस्य , कमजोरी, पहेलो पिसाब , आँखा बाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने |करंग मुनिको  दाहिने भाग कोखा दुख्ने |

 

जन्डीस मा के के जांच गर्ने

  • CBC , LFT – रगत बाट
  • URINE RE , ME – पिसाब बाट
  • USG – पेटको VIDEO XRAY
  • अरु चिकित्सक को सल्लाह अनुसार

 

धेरै मानिसहरुको समस्या एस्तो हुन सकछ : माथि उल्लेखित जन्डीसका कुनै पनि लक्षण नभएको तर

१.रगत जाँच्दा जन्डीस देखियो रे

२.जति मुख बार्दा नि , जन्डीस ( रगत मा BILLIRUBIN को मात्र   NORMAL मै आएन |

३. मलाई लामो समय देखि जन्डीस छ | मुख सार्है नै बारछू तर कम हुन्न रगत मा BILLIRUBIN

 

समाधान :

जन्डीस को लक्षणहरु छन् र रगत मा पनि BILLIRUBIN माथि छ कि छैन ; यो बुझ्नु जरुरत हुन्छ | जन्डीस को लक्षणहरु नहुनु तर BILLIRUBIN हल्का माथि रही रहन सक्छ | LFT ( रगत को जाँचमा ) BILLIRUBIN संगै ALT/AST ( SGPT/SGOT) भन्ने test पनि हुन्छ ; यो normal छ  भने आतिनु पर्दैन | कति अवस्था मा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर  BILLIRUBIN  २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | जति पटक रगत जाँच्दा नि | एस्तो case धेरै भेटिन्छन | यो  जन्डीस वा कलेजो को रोग होइन | जन्मजात देखि नै कसै कसैको BILLIRUBIN अरुको भन्दा हल्का माथि हुन्छ| यिनीहरुमा जन्डीस को लक्षणहरु केहि पनि हुँदैनन् तर  रगत जाँच्दा BILLIRUBIN  २-३ र ALT/AST ( SGPT/SGOT) normal हुन्छ | कम पानी पिउँदा , अनिन्द्रा मा , बढी मासु खादा, शारीरिक काम बढी गर्दा BILLIRUBIN अरु बेला को भन्दा अझै बढ्न सक्छ, तर ALT/AST ( SGPT/SGOT) संधै normal हुन्छ | एस्लाई GILBERT Syndrome भनिन्छ |अरु बेला को जस्तो जन्डीस भन्दै उपचार गरि हिंड्नु पर्दैन | पानी बढी प्रयोग गर्ने बानि राम्रो हुन्छ |

 

लामो समय सम्म जन्डीस हुने मुख्य कारणहरू: हाम्रो समाज मा

  • Alcoholic liverdisesase ( रक्सी र कलेजो रोग)
  • Hepatitis ( हेपाटाइटिस ) B , C ; – कारण रगत बाट, असुरक्षित यौन सम्पर्क बाट, IV drug abusers, आमा बाट सन्तान मा
  • cirrhosis ( कलेजो बिग्रे पछि / liver failure )

 

उपचार:

jaundice (जन्डीस) को उपचार गर्ने होइन | येसरी त ज्वरो आउँदा cetamol खाको जस्तो भयो  | jaundice (जन्डीस) गराउने कलेजो रोग को उपचार गर्नु पर्यो | पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र उपचार गराए निको नि हुन्छ, बल्झिरहने भन्ने समस्या नि रहन्न | पानी बढी प्रयोग गर्ने |

 

भ्रमहरू :

१.Liver tonics ले jaundice (जन्डीस) को सफल उपचार

२.Liver tonics खाए पछि रक्सी खान हुन्छ |

३. Liver tonics खाए पछि कलेजो बिग्रन्न |

के बार्ने के नाबारने ; यो बुझ्न आवस्यक छ |

  • jaundice (जन्डीस) को कारण : जस्तै हाम्रो समाज मा मुख्य alcohol (रक्सी )
  • कलेजो खानामा बिशेष गरि fat (चिल्लो) र protein pachauna प्रयोग हुने  हुँदा ; कलेजोलाइ आराम दिनको लागि  माछा मासु चीलो नखाने |

 

भ्रमहरू: १.बेसार खाएर jaundice (पहेलो रोग ) बढ्छ , नुन खानु हुन्न

२.जे पनि उमालेको खाने

३.तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्न|

बास्तविकता खानपान को कुरामा :

१.पानी बढी पिउने

२.मुख नमिठो हुने हुँदा : मिठो पानी ( Glucose पानी), फलफूल को juice खाने भनिएको हो | फलफुल बाट पानी को बिकल्प को साथमा स्वादिलो र तागत पनि आउंछ | liver( कलेजो ) लाई असर पनि गर्दैअन | सकी नसकी मेवा , उखु खोज्दै हिंड्नु पर्दैन | उखु पेल्ने हात पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ | ख्याल राख्नु : पानी उमालेओ या सफा (filter) फिल्टर गरेको हुनु पर्छ |

३.निएमित बिहान बेलुका खाने दाल भात खान मिल्छ | तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्छ| तेलमा fry गरेको , तेलमा तारेको , junk food , momo , chowmein नखाने |

४.coke, Fanta, प्याकेट को पाइने ready to eat food , पेयपदार्थ नखाने|

५.खाजा पनि खाने

६.कति पटक त यो नखाने त्यो नखाने गरेर बिरामी ले पुष्टिक तत्व नै पाउन्दैन | jaundice ले भन्दानी खाना नपाएर बिरामी कम्जोर , दुब्लो , र धेरै पटक gastric (ग्यास्टिक ) , ulcer (उल्सर ) भएर नि आउने गर्छन |

डा सुबास भट्टराई

MD (MEDICINE), DM ( MEDICAL GASTROENTEROLOGY)

पेट तथा कलेजो रोग बिशेषज्ञ

GASTROCARE PVT LTD ; पेट तथा कलेजो रोग उपचार केन्द्र   पोखरा पृथ्वीचोकमा रहेको ग्यास्ट्रो केयर – पेट तथा कलेजो रोग उपचार केन्द्रमा कार्यरत  पोखरा तथा पश्चिमाञ्चल क्षेत्रका एक मात्र    DM Medical Gastroenterology and Hepatology    ( पेट तथा कलेजो रोग बिशिष्ष्ट बिशेषज्ञ ) डा . सुुवास  भट्टराई संगको बिषेश कुराकानी मा आधारीत लेख ।

थप परामर्श र उपचारको लागि सम्पर्क

GASTROCARE ,Prithivichowk, Pokhara, Nepal , tel : 061-535560

 

 

Check Also

प्रचारमा अब्बल नेपाली काँग्रेस

बिग न्यूज पोखरा, १ मंसिर । चुनावी माहौल गरमागरम बन्दै गएको छ । जताततै चुनावले …