Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » जिल्ला मालपोत कार्यालय कास्कीमा आजदेखि अनलाइन सेवा सुरु

जिल्ला मालपोत कार्यालय कास्कीमा आजदेखि अनलाइन सेवा सुरु

पोखरा, ६ फागुन-
जिल्ला मालपोत कार्यालय कास्कीले आज देखि अनलाइन सेवा शुभारम्भ गरेको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पुर्जा वितरण गरी सो सेवाको शुभारम्भ गरे ।

अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ ।

मुख्य सचिव डा. सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री हुनुपर्ने बताउँदै यो सेवाले सेवाग्राहीको काम छिटोछरितो र पारदर्शीरुपमा हुने विश्वास व्यक्त गरे ।

मालपोत कार्यालयमा हुने भनिएको किर्ते र जालसाजी जस्ता अनियमिततालाई रोक्न अनलाइन सेवाले मद्दत पुर्याउने बताए ।

भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले यो सेवा शुभारम्भ भएसँगै जग्गाधनीले आफनो जग्गाको विवरण घरमै बसेर पनि जानकारी पाउनसक्ने धारणा राखे  ।

प्रमुख मालपोत अधिकृत चिरन्जीवी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले अनलाइन सेवाको महत्वका विविध पक्षमाथि प्रकाश पारे ।

Check Also

पोेले १७ मा सुन र रकम चोरी

पोखरा, जेठ ८। माधब पनेरु । स्थानिय तहको पहिलो चरणको र्निबाचन चलिरहेको अबस्थामा पोखरामा चोरीका …