Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय »  द नेक्स्टको शाखा पोखरामा

 द नेक्स्टको शाखा पोखरामा

काठमाडाैं भदाैं २२ / काठमाण्डौंबाट सेवा सुरु गरेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।

विगत १४ वर्षदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डका विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिरहेको नेक्स्टले पोखराको चिप्लेढुङ्गामा शाखा स्थापना गरेको हो ।

नेक्स्टले चितवन र बुटवलमा पनि शाखा स्थापना गरिसकेको छ भने अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई सेवा प्रदान गर्न सर्भिस सेन्टरको सञ्चालन गरेको छ ।

द नेक्स्ट कन्सलटेन्सीका कार्यकारी प्रमुख सालिकराम भण्डारीका अनुसार पोखरामा पनि गुणस्तरिय सेवा प्रदान गर्न तथा कन्सलटेन्सी सेवा लिनका लागि विद्यार्थीहरु काठमाण्डौं आउनु नपरोस् भन्नका लागि शाखा स्थापना गरिएको हो ।

Check Also

प्रशासनले दिउँसो गाडी चलाउन नदिए निर्माण सामाग्रीको मुल्य बढ्ने !

बिग न्यूज पोखरा, २२ असोज । दिउँसोको समयमा निर्माण सामाग्री बोक्ने सवारीसाधनहरु शहरभित्र चल्न नपाउने …