Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » नेपाल पत्रकार महासंघ कास्कीमा दीपेन्द्र श्रेष्ठ निर्वाचित, रमेश पौडेल २२ मत अन्तरले पराजित

नेपाल पत्रकार महासंघ कास्कीमा दीपेन्द्र श्रेष्ठ निर्वाचित, रमेश पौडेल २२ मत अन्तरले पराजित

पोखरा, ६ फागुन-
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट नेपाल प्रेस चौतारीका श्रेष्ठले नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनका उम्मेदवार रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरी पत्रकार महासंघ कास्की शाखाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा यदुनाथ बन्जरालाई पराजित गर्दै त्रिभुवन पौडेल विजयी भएका छन् । महिला उपाध्यक्षमा भने विमला भण्डारी निर्वाचित भएकी छिन् । त्यस्तै नेपाल प्रेस युनियनकी बिमला भण्डारीले समावेशी महिलातर्फको उपाध्यक्ष पद जितेकी छिन् । उनले प्रेस चौतारीकी स्मिता अधिकारी र स्वतन्त्र उम्मेदवार ईश्वरी पौडेललाई पराजित गरेकी थिइन् ।
प्रेस सेन्टरका रामप्रसाद तिमिल्सिनाले नेपाल प्रेस युनियनका बासुदेव मिश्रलाई पराजित गरी सचिव पदमा विजयी भएका छन् । त्यस्तै खुल्ला सहसचिव पदमा भने स्वतन्त्र पत्रकार संघका दिननाथ बरालले क्रान्तिकारी पत्रकार संगठनका फडिन्द्र अकिञ्चनलाई पराजित गरेका छन् । त्यस्तै समावेशी जनजातितर्फ गीता रानामगर १५९ र समावेशी महिलातर्फ उमा आलेमगर १६४ विजयी भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा सुरेन्द्र पौडेल, विगएफएमकर्मी रञ्जन अधिकारी क्षेत्री, एकराज गिरी, कृष्ण दवाडी मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाल र सुरज श्रेष्ठ बिजयी भएका छन् नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा कूल २९४ खसेको थियो । खसेको २९४ मध्ये रञ्जन अधिकारीले १८० सुरेन्द्र पौडेल १८५, एकराज गिरी १७४, कृष्ण दवाडी १६७, मनोज घर्ती मगर १५८, कमल पौडेल अथक १४८, प्रकाश ढकाल १३१, सुरज श्रेष्ठ १२८ मत प्राप्त गरेका थिए ।
आज बिहान साढे ८ बजेबाट १२ बजेसम्म भएको मतदानमा कुल ३११ मतदाता मध्ये २९५ मत खसेको थियो ।
यसअघि अल्पसंख्यक सदस्यमा जैनव खातुन र दलित सदस्यमा विगएफएमकर्मी रेम विक निर्विरोध भएका थिए । खुल्ला २४ केन्द्रिय पार्षदका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा थिए । केन्द्रीय पार्षद्मा विग एफएमका समाचार संयोजक माधव पनेरु पनि निर्वाचित भएका छन् । सात महिला केन्द्रिय पार्षदका लागि १४ जनाको उमेदवारी परेको थियो । ४१ प्रदेश पार्षदका लागि ३८ जनाको मात्रै उमेदवारी परेपछि निर्विरोध भएको छ ।

Check Also

पोेले १७ मा सुन र रकम चोरी

पोखरा, जेठ ८। माधब पनेरु । स्थानिय तहको पहिलो चरणको र्निबाचन चलिरहेको अबस्थामा पोखरामा चोरीका …