Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पत्रकार महासंघ कास्कीको अधिवेशन आज र भोली हुँदै

पत्रकार महासंघ कास्कीको अधिवेशन आज र भोली हुँदै

पोखरा, ५ फागुन-
नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन आज र भोली हुने भएको छ । पूर्वनिर्धारित मिति फागुन ३ मा हुन नसके पछि स्थगित अधिवेशन आज र भाली गर्ने निर्णय भएको हो ।

महासंघको बुधवार बसेको बैंठकले अधिवेशनको अर्को मिति तय गरेको हो । जस अनुसार विहिवार दिउसो १ बजेपछि उद्घाटन सत्र सुरु हुने र सोहि दिन उमेदवारको मनोनयन दर्ता हुनेछ । शुक्रवार विहान ७ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान सुरु हुने महासंघका अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

प्रेस युनियनले अन्य जिल्लाको सदस्यता विवादलाई लिएर अबरोध गरेपछि मंगलवार अधिबेशन स्थगित भएको थियो । युनियनको केन्द्रिय निर्देशन अनुसार प्रेस युनियन कास्कीले अधिवेशन हुन नदिए पनि पश्चिमाञ्चलका ७ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कास्कीमा कुनैपनि विवाद नरहे पनि युनियन निकटका पत्रकारको अबरोधका कारण स्थगित भएको थियो ।

कास्कीमा प्रेस चौतारी, प्रेस सेन्टर , प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनको प्यानलबाट अध्यक्षमा चौतारीका दिपेन्द्र श्रेष्ठ उमेदवार छन् भने युनियन र स्वतन्त्र पत्रकार महासंघको प्यानलबाट युनियनका रमेश पौडेल अध्यक्षको प्रतिश्पर्धी हुन् । नयाँ नेतृत्वका लागि दुई वटा प्यानलमा प्रतिश्पर्धा हुदैछ ।

Check Also

पोेले १७ मा सुन र रकम चोरी

पोखरा, जेठ ८। माधब पनेरु । स्थानिय तहको पहिलो चरणको र्निबाचन चलिरहेको अबस्थामा पोखरामा चोरीका …