Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी, भारतलाई १८० रनले हराउँदै रच्यो इतिहास

पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी, भारतलाई १८० रनले हराउँदै रच्यो इतिहास

काठमाडौं , ४ असार । पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारत विरुद्ध शानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आईसीसी अन्तर्गत कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

आइतबार भएको फाइनल भिडन्तमा पाकिस्तानले भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ ।

भारतले टस जितेर फिल्डिङ गरेको थियो । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए । अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्‍याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्‍याए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुडि्कलो पार ।

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए । सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी पनि टिक्न सकेनन् । उनी मात्र ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो । योसँगै भारतको हार लगभग तय भयो ।

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो । तर, जितका लागि पर्याप्त थिएन । पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३-३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।

विराट कोहलीको कप्तानीमा रहेको भारत बंगलादेशलाई हराएर फाइनलमा आएको हो । यस्तै पाकिस्तानले सेमिफाइनलमा इंग्ल्याण्डलाई पाखा लगाएको हो ।

भारत चौथो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो भने पाकिस्तान पहिलो पटक फाइनल खेलको हो । यसअघि, विश्वकप, च्याम्पियन्स ट्रफी तर ट्वेन्टी–ट्वेन्टी विश्वकप गरी आइसिसीले आयोजना गरेका प्रतियोगितामा भारत र पाकिस्तानबिच अहिलेसम्म १५ पटक खेल भएको छ । त्यसमा भारत १३ पटक विजयी भएको छ । दुई पटक मात्रै पाकिस्तानले भारतलाई हराउन सकेको छ । एक दिवसीय क्रिकेटमा भने विगत पाकिस्तानको पक्षमा छ । दुई देशबिच अहिलेसम्म भएका एक सय २८ खेलमा पाकिस्तान ७२ खेलमा विजयी भएको छ भने भारतले ५२ खेल जितेको छ । चार खेल भने नतिजा बिहिन अवस्थामा सकिएका छन् । अहिले बलियो देखिएको भारतीय टिम सुरुवाति चरणमा एक दिवसीय क्रकेटमा पाकिस्तानले भन्दा धेरै खेल हार्ने गरेको थियो । तर पछिल्लो क्रममा भारतले जितको क्रम बढाएको छ । भारत र पाकिस्तानबिच एक दिवसीय क्रिकेट पहिलो पटक सन् १९७८ मा खेलिएको थियो ।

Check Also

फेवातालमा पौडी प्रतियोगिता, डेढ सय सहभागिता

रञ्जन अधिकारी पोखरा, ६ असोज / पोखरामा राष्ट्रिय स्तरका दुई छुट्टाछुटुटै पौडी प्रतियोगिता हुँदैछन् । …