Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखराका उज्वल नरेन्द्र क्याप वानमा नेपाल प्रथम, ८९.३३ प्रतिशत अंक ल्याएर इतिहास रच्न सफल

पोखराका उज्वल नरेन्द्र क्याप वानमा नेपाल प्रथम, ८९.३३ प्रतिशत अंक ल्याएर इतिहास रच्न सफल

पोखरा, ६ फागुन-
पोखराका उज्वल नरेन्द्र बास्लोलाले सिएको पहिलो तह क्याप वानमा नेपाल प्रथम हुदै इतिहास रचेका छन् ।

बास्तोलाले आइक्यान अन्तर्गत सिएको पहिलो तह क्याप वानमा ८९.३३ प्रतिशत अर्थात आइक्यानको इतिहासमै अहिले सम्मकै सर्वोत्कृष्ट अंक ल्याएर इतिहास रच्न सफल भएका हुन । विगतमा भारत भरमै उत्कृष्ट नतिजा ल्याएर निकै नै चर्चामा आएको एकेडेमी अफ कमर्श (एओसी) नेपाल बोर्डमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

बास्तोलाले क्याप वानमा ८९.३३ प्रतिशत अंक ल्याएर इतिहास रचेसंगै एओसी नेपाल बोर्डमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।आइक्यानको इतिहासमै बास्तोलाले ल्याएको यो हाल सम्मकै बढी अंक हो ।

यसअघि आइक्यानकि विद्यार्थी नीरु श्रेष्ठले ८६ प्रतिशत अंक ल्याएकी थिइन् । उज्वल नरेन्द्र बास्तोलाले ल्याएको नतिजासँगै उत्कृष्ट १० मध्ये ६ उत्कृष्ट एओसी बाटै रहेका छन् । यस्तै क्याप टु नतिजापनि उत्कृष्ट रहेको कलेजले जनाएको छ । हाम्रो मेहेनत, विद्यार्थीको लगनशीलता र अरु सबै शुभचिन्तकहरुको सहयोगबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको एओसीका प्रवन्ध निर्देशक दीपक पाण्डेले बताए ।

आफ्नो छोराले नेपाल प्रथम हुदै इतिहास रचेकोमा उज्वलका बुबा नरेन्द्र बस्तोलाले खुसी ब्यक्त गर्दै भने “ आफ्नो सन्तानबाट पाउने सबै भन्दा ठुलो खुसी हामीले पाएका छौ, उज्वलको बुबा भएकोमा मलाई आज धेरै गर्व लागेको छ ।“ छोराको सफलताले गर्दा आज आफुलाई बधाई लिन भ्याई नभ्याई भएको बताउदै उनले सन्तानको सफलता आफ्नो जिवन कै सफलता बनेको अनुभब गरेको बताए ।

Check Also

पोेले १७ मा सुन र रकम चोरी

पोखरा, जेठ ८। माधब पनेरु । स्थानिय तहको पहिलो चरणको र्निबाचन चलिरहेको अबस्थामा पोखरामा चोरीका …