Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » पोखरामा अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता

पोखरामा अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता

रञ्जन अधिकारी पोखरा, २४ भदौ । नेपालमै पहिलोपटक पोखरामा एनआईसी एशिया अन्तर्राष्ट्रिय सिनियर लन टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म लगातार दुई प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहनेछ । पहिलो सर्किट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सर्किट असोज २ देखि ७ गतेसम्म हुने पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिए ।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एकल तथा डबल्समा उनीहरु प्रतिष्पर्धामा उत्रनेछन् । पहिलो सर्किटको प्रतियोगितामा ८७ खेलाडीको सहभागिता रहनेछ । ३५ वर्ष माथि उमेरसमूहमा २८ जना खेलाडी, ४५ वर्ष उमेर समूहमाथि ३५ जना खेलाडी र ५५ वर्ष माथि उमेर समूहमा २४ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ ।

विजेता र उपविजेताले ट्रफी पाउनेछन् । खेलाडीहरुले अन्तर्राष्ट्रिय मान्यताप्राप्त अंक पाउनेछन् । ग्रेड फाईभ लेभलको यो प्रतियोगितामा विजेताले ४० अंक, उपविजेताले २० अंक, सेमिफाईनालिस्टले १०÷१० र क्वार्टरफाईनलमा आउट हुने चार जनाले पनि ५÷५ अंक प्राप्त गर्नेछन् ।

कास्की जिल्ला लनटेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखराको पर्यटन प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । आईटीएफ आफैमा ठूलो भएको भन्दै यसको सफलतापूर्वक सम्पन्न गरेपछि ग्रेड फोर प्रतियोगिता गर्ने जनाए । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । यसपछि आगामी अक्टोबरमा अण्डर १४ प्रतियोगिता आयोजना गरिने तयारी छ ।

Check Also

फेवातालमा पौडी प्रतियोगिता, डेढ सय सहभागिता

रञ्जन अधिकारी पोखरा, ६ असोज / पोखरामा राष्ट्रिय स्तरका दुई छुट्टाछुटुटै पौडी प्रतियोगिता हुँदैछन् । …