Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » पोखरामा कविताको नौलो प्रयोग कविता कन्सर्ट

पोखरामा कविताको नौलो प्रयोग कविता कन्सर्ट

वैशाख ३ गते-
 नेपाली साहित्यमा प्रयोगवादी कार्यव्रmमका रुपमा पोखरामा शनिबार कविता कन्सर्ट सम्पन्न भएको छ ।
नागढुङ्गास्थित बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेन्टको सभा हलमा खचाखच दर्शक कविता वाचन र कविता गायनसँगै लट्ठिएका थिए । कार्यव्रmममा कवि विप्लव ढकाल, मोमिला र उपेन्द्र सुब्बाले कविता वाचन गर्नुभएको थियो भने लोचन भट्टराईले लेखनाथ पौड्याल र भीमनिधि तिवारीका, कर्णदासले तीर्थ श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटाका र इतु जोजिजूले भानुभक्त आचार्य र श्रवण मुकारुङका कविता गायन गर्नुभएको थियो ।

कार्यव्रmम संयोजक उपेन्द्र पौडेलले कविहरुप्रति आम मानिसको दृष्टिकोण परिवर्तन गर्नका लागि कार्यव्रmम आयोजना गरिएको बताउनुभयो । उहाँले शुभेच्छुकहरुको माया पाएको भन्दै कविता कन्सर्टको तेस्रो शृङ्खला पनि आयोजना गर्ने घोषणा गर्नुभयो । इभेन्ट म्यानेजर सन्जय मल्लले कविताको व्यावसायिकताका लागि कार्यव्रmम गरिएको जनाउनुभयो । मिडिया कोअर्डिनेटर अमृत सुवेदीले आफैँमा स्वनामधन्य कविहरुको कविता वाचनले नेपाली साहित्यमा विशेष महत्त्व राख्ने बताउनुभयो ।

कार्यव्रmममा लायन धनराज अाचार्य, कवि तीर्थ श्रेष्ठ र पहिलो कविता कन्सर्टकी कवि सरस्वती प्रतीक्षाले कविता कन्सर्टले पोखराको साहित्यिक गौरवलाई अझै उचाइ दिने बताउनुभयो । रु. ५ सय र १ हजारका टिकट काटेर कविता वाचन र कविता गायन सुन्न दर्शकको घुइँचो लागेको थियो ।

Check Also

उपन्यास पढ्न हुटहुटी जगाउने ‘पैताला’को भिडियो

रेम बिक पोखरा, ११ जेठ । लेखक गनेस पौडेलको बजारमा आउन लागेको उपन्यास ‘पैताला’को भिडियो …