Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरामा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

पोखरामा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

पोखरा, ६ फागुन-
पोखरामा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको ज्यान गएको छ । पोखराको एयरपोर्टमा कार्यरत प्रहरी हवल्दार चेत वहादुर थापाको गाडीको ठक्करबाट ज्यान गएको हो । तर ठक्कर दिने गाडीको पहिचान खुलेको छैन ।

पोखरा विमानस्थलबाट वाहिरिने वित्तिकै गाडीको ठक्करबाट सडकमा ढलेपछि तत्काल देख्ने कोहि नहुदा कस्तो प्रकृतिको गाडीले ठक्कर दिएको हो भन्ने समेत खुल्न सकेको छैन । राती ९ : २० बजे घाइते भएका उनको उपचारको क्रममा ११ : २३ बजे फिस्टेल अस्पतालमा ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

राती उनी सुर्ती किन्नको लागि वाहिरिएको भनिएको छ । तर उनलाई गाडीले ठक्कर दिएको कसैले नदेखेको र मोवाईलमा फोन आएपछि मात्रै अन्य मानिसलाई थाहा भएको बताइएको छ ।

प्रहरीले शंकास्पद एउटा ट्रकलाई स्याङजाबाट नियन्त्रणमा लिएको छ । शंकास्पद ना ६ ख ६५८५ नम्बरको ट्रकलाई स्याङजाको वालिङबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ ।

Check Also

स्ववियु चुनावमा होमिए विद्यार्थी, यस्तो छ कास्कीका ६ क्याम्पसमा रौनक

रञ्जन अधिकारी पोखरा, १६ फागुन / त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी …