Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरामा जुवाको खालबाट झण्डै २९ लाख बरामद, १४ं५ जोडी रंगेहात पक्राउ

पोखरामा जुवाको खालबाट झण्डै २९ लाख बरामद, १४ं५ जोडी रंगेहात पक्राउ

रञ्जन अधिकारी पोखरा, २४ असोज / कास्की प्रहरीले दुई महिनामै जुवा खालबाट झण्डै २९ लाख रुपैंया बरामद गरेको छ । विभिन्न स्थानबाट १८ महिला र १ सय ५७ जना पुरुषलाई पक्राउ गरि उनीहरुको साथबाट २८ लाख ३८ हजार २ सय ५३ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले जानकारी दिए ।

कार्यालयले पत्रकार सम्मेलन गरी सिंहले कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेको हो । मापसे कारबाहीमा ८ सय २९ जना पक्राउ पर्दा ८ लाख २९ हजार रुपौयाँ राजस्व संकलन भएको छ । हप्ताको दुई दिन नियमित विशेष चेकिङमा ३०६ जना चालक र २६७ वटा सवारी साधन पक्राउ परे । यो अवधिमा बढी गाडी भाडा अशुल्ने १६ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

एसपी सिंहले २ महिनामा ६३ क्विन्टल गाँजा, १५ सय लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए । सामाजिक विकृति नियन्त्रण अन्तर्गत यौन व्यवसायमा संलग्न भएका १ सय ४ं५ जोडी पक्राउ गरी कारबाही गरिएको छ । दुई महिनामा ४ सय ३० जनालाई विभिन्न शीर्षकमा मुद्दा चलाएको छ । तीमध्ये ३ सय ७६ जना पुरुष र ५४ महिला छन् ।

एसपी सिंहले फरार प्रतिवादी ३० जनालाई प्रक्राउ गरेका बताए । प्रहरी अनुशासन विपरीत कार्य गर्ने ११ जना प्रहरीलाई विभागीय कारबाही गरेको र उत्कृष्ट काम गर्ने ५ जना प्रहरीलाई सम्मान गरिएको एसपी सिंहले बताए । उनले अहिले पोखरामा देखिने गरी गुण्डागर्दी नभएको दाबी एसपी सिंहको छ ।

यसैबीच, ठगी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ब्रिटिस सेनामा भर्ना गरिदिन्छु भनि प्रलोभन देखाई ठगी गर्ने तुलबहादुर पुन र भारतीय रुपैयाँसहित भारतीय नागरिक क्रिसनेडु बेनर्जीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ब्रिटिस सेनामा भर्ना गरिदिन्छु भन्दै ३ जनासँग ३६ हजार रुपैयाँ ठगेर भागेका पुनलाई पक्राउ गरिएको एसपी अशोक सिंहले बताए । पुनले ब्रिटिश आर्मीमा भर्ती गरीदिन्छु भन्दै चुना आले, गोमा आले र भक्तराज आलेलाई ठगेका थिए । चितवन का ४८ वर्षे पुनले भक्तराज गुरुङ भनि आफ्नो तिनपुस्ते विवरण झुटो देखाइ ठगी गरेका हुन् ।

कास्की प्रहरीले अवैध रुपमा भारतीय रुपैयाँ भिœयाएको आरोपमा क्रिसनेडु बेनर्जीलाई पोखरा विमानस्थलबाट आइतबार पक्राउ गरेको हो । भारत बंगाल कोलकता घर भएका बेनर्जीले भारतीय २ हजारका २ सय १२ वटा र ५ सयका २ सय सत्र वटा नोट गरी नेपाली ५ लाख ३२ हजार ५ सय रुपौयाँ लिएर काठमाडौं जान लागेको बेलामा गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …