Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय »     पोले १७मा माओबादी एमाले बैठक, एकढिक्का भएको घोषणा

    पोले १७मा माओबादी एमाले बैठक, एकढिक्का भएको घोषणा

२० असोज, पोखरा ।  माओबादी एमालेकोे केन्दीय स्तरबाटै चुनावी तालमेल र पार्टी एकताको घोषणा भएसंगै पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ मा संयुक्त बैठक बसेको छ ।

केन्दमा भएको सहमति अनुसार वडास्तरमा पनि भाव सम्प्रेशण गरिएको नेकपा माओबादी केन्द्रका वडा सचिव रवि भण्डारीले जानकारी दिए । आगामी दुबै र्निबाचनमा पार्टीको निति अनुसार संयुक्त रुपमा चुनावी अभियान सुरु गर्ने र्निणय पनि गरिएको भण्डारीले बताए । बैठकमा उपस्थित दुबै पार्टीका प्रतिनिधिहरुले बाम एकतालाई बलियो र दिर्घकाल सम्म लैजान वडास्तरमा सबैै खाले भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको एमाले वडा अध्यक्ष शुवास ढुंगानाले बताए ।

एकताको बिषयमा बाहिर बिभिन्न खाले प्रतिकृया आईरहेको अबस्थामा वडा नं १७ भने एकढिक्का भएर जुन उमेदवार आएपनि विजयी गराउन तयार रहेको उनले जानकारी दिए । र्निबाचनमा जुन चुनाव चिन्ह लिएर आएपनि गठबन्धनका उमेदवारलाई जिताउन संयुक्त र्निबाचन परिचालन कमिटी बनाएर लाग्ने र्निणय समेत गरिएको बताईएको छ । गठबन्धको कार्यालय पनि संयुक्त रुपमा स्थापना गरेर चुनावमा होमीने माओबादी केन्द्रका वडा नं १७ का अध्यक्ष बेदनाथ भण्डारीले बताए ।

आगामी र्निबाचनमा माओबादी एमाले र नयाँशक्ति बिच चुनावी तालमेल र एकताको प्रकृया सुरु भैसकेको छ ।  वडामा रहेका नयाँशक्तिका साथीहरु संग पनि छलफल गरेर अगाडी बढ्ने दुबै पक्षका कार्यकर्ताहरुले प्रतिकृया दिए ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …