Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » फेरि सर्ने भयो स्ववियू निर्वाचन, पाँच दिन पछि सार्ने सहमती

फेरि सर्ने भयो स्ववियू निर्वाचन, पाँच दिन पछि सार्ने सहमती

फागुन ५ गते-
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पाँच दिन पछि सार्न प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरु सहमत भएका छन् । बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

बैठकमा प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको सहभागि थियो । यसअघि हिजो कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, भोलिपल्टै विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले भने त्यसको विरोध गर्दै आएको थियो ।

Check Also

सन्तद्वयका शान्त ‘बुद्ध’ (भिडियो सहित)

रञ्जन अधिकारी पोखरा, १० असोज / साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु …