Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » फेवातालमा पौडी प्रतियोगिता, डेढ सय सहभागिता

फेवातालमा पौडी प्रतियोगिता, डेढ सय सहभागिता

रञ्जन अधिकारी पोखरा, ६ असोज / पोखरामा राष्ट्रिय स्तरका दुई छुट्टाछुटुटै पौडी प्रतियोगिता हुँदैछन् । शुक्रबार र शनिबार पोखराको पेन्गुईन स्वीमिङ पुल र फेवातालमा प्रतियोगिता हुनेछन् ।

नेपाल पौडी संघ, कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको पौडी संघ कास्कीका अध्यक्ष वैभव पौडेलले जानकारी दिए । पेन्गुईनमा शुक्रबार आठौं माछापुच्छ«े उमेर समूह पौडी प्रतियोगिता हुन लागेको हो भने फेवातालमा शनिबार सातौं खुल्ला लामो दुरी पौडी प्रतियोगिता हुने उनले जानकारी दिए । माछापुच्छ«े उमेर समूह पौडी प्रतियोगितामा काठमाण्डौंबाटै झण्डै सात दर्जन विद्यार्थी सहभागी हुँदैछन् । पोखराबाट तीन दर्जनजतिले भाग लिने उनले जनाए ।

लामो दुरी पौडीमा तालबाराही मन्दिर फेरो मार्ने गरी साढे दुई किलोमिटर पार गर्नुपर्नेछ । प्रतियोगितामा पोखराबाट ३० र काठमाण्डौ लगायतका स्थानबाट ३० गरी ६० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । पोखराबाट सहभागी मध्येबाट पनि विजेता उपविजेता छनौट गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ । फ्रिस्टाईल, बेस्ट स्ट्रोक लगायतका खेल हुनेछन् ।

पोखरालाई स्वीमिङ हब बनाउने लक्ष्यका साथ आठ वर्षअघिदेखि वर्षेनी कार्यक्रम गर्दै आएको अध्यक्ष पौडेलले बताए । सहभागिताका लागि व्यञ्जन रेष्टुरेण्ट र बगैंचा रिसोर्टमा आवेदन फाराम लिन सकिने उनले जनाए ।

 

Check Also

पोखरामा अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता

रञ्जन अधिकारी पोखरा, २४ भदौ । नेपालमै पहिलोपटक पोखरामा एनआईसी एशिया अन्तर्राष्ट्रिय सिनियर लन टेनिस प्रतियोगिता हुने …