Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » भारतको काश्मिरमा विद्रोहीर प्रहरीबीच गोली हानाहान, सर्वसाधारणसहित आठ मारिए

भारतको काश्मिरमा विद्रोहीर प्रहरीबीच गोली हानाहान, सर्वसाधारणसहित आठ मारिए

भारत, १ फागुन-
भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा चार जना शङकास्पद आतङ्कबादी लडाकू, दुई भारतीय सेना र दुईजना सर्वसाधारणको मृत्यु भएको छ ।

श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा अन्य तीन सैनिक घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको अस्पतालमा भर्ना गरिएको छ । “फ्रिसलमा भएको भिडन्तमा चार विद्रोही लडाकू मारिएका भारतीय सेनाका प्रवक्ता कोल राजेश कालिआले बताउनुभयो । आइतबार बिहानै गोली हानाहान र विस्फोटनको आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस क्षेत्रमा पाकिस्तानी र भारतीय पक्षबीचमा सन् १९४७ देखि नै विवाद रहेपनि सन् १९८९ देखि बेलाबखत युद्ध हुने गरेको छ भने द्वन्द्वका कारण दशौं हजार मानिसले ज्यान गुमाइसकेका छन् । हिमाली क्षेत्र काश्मिरलाई भारत र पाकिस्तान दुवैले आफ्नो देशको भू–भाग भएको दाबी गर्दै आइरहेका छन् ।

Check Also

डोनाल्ड ट्रम्पविरुद्ध फेरि हजारौं जनता सडकमा उत्रिए

हाउस्टन, ८ फागुन- संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात …