Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको बैंकले जनाएको छ।

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया)ले संवैधानिक पद धारण गरेको व्यक्तिलाई अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाएपछि संचालक समितिका डा. बिरेन्द्र प्रसाद महतोले राजीनामा दिएका थिए ।

बाफियामा लालमोहर लागेसँगै बिभिन्न बैंक तथा वित्तिय संस्थाबाट सञ्चालक तथा अध्यक्षहरुले राजीनामा दिने क्रम बढेको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पनि राजीनामा दिईसकेका छन् ।

Check Also

‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताले एउटै केबुलबाट इन्टरनेटसँगै टेलिभिजन हेर्न पाउने

रेम बिक  पोखरा, १९ असार ।  ‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताहरुले अब इन्टरनेटसँगै एउटै केबुलबाट ‘एचडी’ क्वालिटिको …