Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Big Audio » रेडियो नाटक ‘एउटा कथा यस्तो पनि’ अब युट्युबमा (कार्यक्रम सहित)

रेडियो नाटक ‘एउटा कथा यस्तो पनि’ अब युट्युबमा (कार्यक्रम सहित)

असोज ९ गते-
पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएम १०१.२ मेगाहर्जबाट प्रसारण हुँदै आईरहेको रेडियो नाटक ‘एउटा कथा यस्तो पनि’ अब युट्युबमार्फत् पनि सुन्न सकिने भएको छ ।
एफएमबाट हरेक शनिबार राती ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुँदै आईरहेको नाटक ‘एउटा कथा यस्तो पनि’ का हरेक भाग अब युट्युबमार्फत् पनि सार्वजनिक गर्न सुरु गरिएको विग एफएमका प्रोडक्सन म्यानेजर तथा नाटक निर्देशक शंकर तिवारीले जानकारी दिए ।
रेडियोमा सुन्न नभ्याउने श्रोतालाई लक्षित गरी श्रोताकै माग अनुसार नाटक युट्युबमा राख्न सुरु गरिएको उनले बताए ।
एफएमको स्थापना कालदेखि नै प्रसारण हुँदै आईरहेको यो नाटक श्रृङ्खला पोखरा र आसपासका श्रोताबिच निकै लोकप्रिय रहेको छ ।
नाटक ‘एउटा कथा यस्तो पनि’ युट्युबमा सुन्न तल क्लिक गर्नुहोलाः

Check Also

बिग आइकन विजेताले पाए ‘हिरो ड्यास’ स्कुटर

रेम बिक पोखरा, ३ चैत | छैठौँ बिग आइकन विजेता साजन आलेले बुधबार पुरस्कार स्वरुप ‘हिरो …