Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » लमजुङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

लमजुङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

श्यामशितल परियार
लमजुङ, २७ पुस-
लमजुङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १२ महिनादेखी २३ महिनासम्मका सबै बालबालिकामा पूर्णखोपको पहुँच पुगेसंगै लमजुङलाई नेपालकै एक्काइसौँ पूर्णखोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो ।
स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप जिल्ला हाम्रो प्रतिबद्धता’ लिखित प्रतिबद्धता पत्र वाचन गर्नुका साथै सो पत्रमा हस्ताक्षर गर्दै जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् ।
पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण गरिनु लमजुङकै गौरव र प्रतिष्ठाको विषय रहेको बताउँदै स्वास्थ्य राज्यमन्त्री गुरुङले यस कार्यले भावी दिनमा पनि निरन्तरता पाउनुपर्नेमा जोड दिए । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख एवम जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँका अनुसार लमजुङमा हाल रहेका १२ देखि २३ महिना उम्मेरसम्मका ३ हजार १ सय ४७ जना बालबालिकाले एक वर्षभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाईसकेको छन् ।
कार्यालयका खोप अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार एक बर्षमुनिका २ हजार ७ सय ४९ बालबालिकाले नियमिति रुपमा खोप लगाईरहेका छन् ।

Check Also

स्ववियु चुनावमा होमिए विद्यार्थी, यस्तो छ कास्कीका ६ क्याम्पसमा रौनक

रञ्जन अधिकारी पोखरा, १६ फागुन / त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी …