Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » लामाचौरमा बसको ठक्करबाट भण्डारीको ज्यान गयो

लामाचौरमा बसको ठक्करबाट भण्डारीको ज्यान गयो

रञ्जन अधिकारी पोखरा, २३ कार्तिक / पोखराको लामाचौरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

बगरदेखि लामाचौरतर्फ गईरहेको ग १ ख ६४५४ नम्बरको बसले स्कुटरमा सवार भण्डारीलाई ठक्कर दिएको हो । स्कुटर बस मुनी पसेको थियो भने भण्डारीको टाउको क्षतविक्षत भएको छ । ४८ वर्षीय भण्डारीको  शरीर नै टायरले किचेको थियो ।

भण्डारीको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा रहेको छ ।

पोखरामा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेको छ । बुधबार मात्रै मध्यान्ह मालेपाटनमा दुई मोटरसाईकल ठक्कर खाँदा घाईते महिलालाई हेलिकोप्टर नै चार्टड गरी काठमाण्डौ लगिएको थियो ।बेलुकी ७ बजे अमरसिंहचोकमा कार र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक गम्भिर घाईते भएभने कारमा सवार दुई जना पनि घाईते भएका थिए ।

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …