Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » लेखनाथ महोत्सवको छैटौ दिनसम्म एक लाख ५० हजार दर्शकले अवलोकन

लेखनाथ महोत्सवको छैटौ दिनसम्म एक लाख ५० हजार दर्शकले अवलोकन

लेखनाथ, ३ फागुन-
लेखनाथको तालचोकमा जारी १३ औं सस्करणको लेखनाथ महोतसवको छैटौं दिनसम्म एक लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघले बताएको छ ।

फागुन ८ गतेसम्म चल्ने महोत्सवको आधा आधीसम्म आईपुग्दा लक्ष्य अनुसरा कै दर्शकले मेलाको अवलोकन गरेकाले हामीले अपेक्ष्या गरे अनुसार महोत्सव अवधिभर करिव तीन लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव छत्रधर आत्रेयको भनाई रहेको छ ।

गत माघ २७ गते देखि संचालीत महोत्सवमा दिन प्रति दिन कारोवारको परिमाण पनि बढदै गएको र राखिएका सवै ब्यापारीक स्टलमा पनि सन्तोष जनक ब्यापार भएको संघका कोषाध्यक्ष गोपिचन्द्र बास्तोलाले जानकार दिएका छन् ।

यता लेखनाथ महोत्सवको मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारामा पहिलो चरणबाट छनोट भएका १६ प्रतिपर्दीहरु मध्यवाट मंगलवारसम्ममा ओम काजी थापा,सोनु कुमार विक,उमा चौधरी,यामबहादुर नेपाली,विसाल रेग्मी,लक्ष्मण परियार,सुनिल थापा मगर,प्रमिला बराल,सविना नेपाली र सुभास विक उत्कृष्ट १० मा छनोट भएका छन् ।

गण्डकी तारा विजेताले ५० हजार र उप विजेताले २५ हजार नगद पुरस्कार पाउने भएका छन् ।

यसै गरि महोत्सवको आर्को आर्कषणको रुपमा रहेको रतौली गीत प्रतियोगितामा मंगलवार उन्नसिल महिला समुह लेखनाथ ६, शाझा बजार महिला समुह लेखनाथ १४,सातमुहाने आमा समुह लेखनाथ १४ र समाज सुधार आमा समुह लेखनाथ १२ ले आफनो प्रस्तुती जनाएका थिए ।

यता महोत्सवको आर्को थप आकर्षणका रुपमा रहेको छात्र,छात्राको नृत्य तथा गायन कलाको चायल्ड टालेण्ट सो प्रतियोगिता अन्तरगत मंगलवार भएको नृत्य तर्फ गण्डकी बोडिङकी मैशमी कडेल,युनिभर्सल बोडिङ स्कुलकी कृतिका बोहोरा र कास्की मोडनाईज एकेडेमीकी विनिषा मगर र गायन तर्फ न्यु लाईट मावीका रोषन गुरुङ छनोट भएको प्रतियोगिताका संयोजक ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।

वुधवार दोहोरी तर्फ खुमन अधिकारी, कृष्ण अधिकारी, पर्शुराम अधिकारी, कृष्ण गुरुङ, शान्ति डोटेल हाश्य व्यङगय तर्फ वलराम सरकार पप तर्फ कमल खत्री, मनोज गुरुङ साथमा मोडल डान्स, विद्यालय स्तरिय चाइल्ड ट्यालेन्ट सो, रत्यौली प्रतियोगिता र गण्डकी ताराका टप १० को गायन प्रस्तुति रहने प्रचार प्रसार संयोजक भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।

Check Also

पोखरामा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला सुरु

पोखरा, १५ फागुन- कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा …