Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » लेखनाथ महोत्सवमा आज पशुपती शर्माले नचाउँदै

लेखनाथ महोत्सवमा आज पशुपती शर्माले नचाउँदै

पोखरा, १ फागुन-
समग्र पोखरा उपत्यकाको आर्थीक तथा समाजिक विकासमा सहयोग पु¥याउने उदेस्यले माघ २७ गते देखि लेखनाथको तालचोकमा संचालीत १३ औ संकरणको लेखनाथ महोत्सवको तेस्रो दिन दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि “ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा स्थानीय सामाजिक संघ सस्थाको सहकार्यमा सुरु भएको महोत्सवको तेस्रो दिन सनिवार परेकाले दर्शको सहभागीता बढेको हो ।

शनिवार विहान देखि साँझसम्म महोत्सवस्थलमा दर्शको बाक्लो उपस्थीति देखे पछि आयोजकहरु पनि खुसि देखिन्थे भने करिव २५ हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ ।

शनिवार महोत्सव स्थलमा स्कुले विद्यार्थी देखि कर्मचारीहरुको घुईचोले महोत्सव स्थल खचाखच देखिन्यो भने महोत्सवमा राखिएका व्यापारीक स्टलहरुमा पनि दर्शकहरुले आफुलाई आवस्यक पर्ने मालसमान किन्न ब्यस्त देखिएकाले अन्य दिनको तुलनामा ब्यापारमा पनि बृद्धि भएको आयोजकहरु बताउँछन् ।

महोत्सवमा दर्शकको मनोरन्जनका लागि राष्ट्रिय ख्यातिप्राप्त लोक गायक, दोहोरी गायक र हास्य कलाकारहरुको प्रस्तुती रहेको थियो।महोत्सवमा स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु आम उपभोक्ताका विच पुर्याई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु एवं नयां प्रविधि तथा सिपको प्रदर्शनीद्धारा हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण एवं दर्शकहरुको मनोरञ्जनका लागि विभिन्न कार्यक्रमहरुको संचालन भईरहेका छन् ।

महोत्सवको चौथो दिन आईतवार दोहारी तर्फ पशुपती शर्मा, तारापती सुवेदी, राजेन्द्र सापकोटा, शान्ति सुनार, मिना अधिकारीको प्रस्तुती रहने छ भनेपप तर्फ सुगम पोख्रेल र ओम गुरुङले दर्शकलाई नचाउने वरिष्ठ उद्घोष नेत्रपाणि बास्तोलाले बताए ।

महोत्सवको थप आकर्षणका रुपमा रहेको छात्र,छात्राको नृत्य तथा गायन कला प्रस्फुटनमा सहयोग पु¥याउने उदेश्यले राखिएको चायल्ड ट्यालेन्ट, प्रतियोगितामा शनिवार नृत्य तर्फ ज्ञानज्योती विद्याकञ्जकी प्रिति पुन, युनिभर्सल बोडिङ स्कुलकी स्मुति गुरुङ,डायमण्ड माविकी झरना सिरल र गायन तर्फ मदरल्याण्ड माविकी सुष्मा कार्की छनोट भएको प्रतियोगिताका संयोजक ऋषिराम जमरकटेलले जानकारी दिएका छन् । महोत्सव फागुन ८ गतेसम्म संचालन हुनेछ ।

Check Also

मुस्ताङमा गगनको दिल रेलिनले चोरिन् (भिडियोसहित)

बिग न्यूज पोखरा, ७ जेठ । पहिलो बिग आइकन गगन पुनको नयाँ गीतको भिडियो सार्वजनिक …