Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » विमान दुर्घटनामा खेलाडी गुमाएको चापेकोएन्सेले उपाधि जित्यो

विमान दुर्घटनामा खेलाडी गुमाएको चापेकोएन्सेले उपाधि जित्यो

वैशाख २६ –ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले सान्टा काटारिना स्टेट च्याम्पियनसिपको उपाधि जितेको छ । विमान दुर्घटनामा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएपछि यो सिजन २५ नयाँ खेलाडी अनुबन्ध गरेको चापेकोएन्सेले दुर्घटना भएको ६ मिहना भित्रमा उपाधि जितेको हो ।

गएको नोभेम्बरमा भएको दुर्घटनामा क्लबका तीन खेलडी मात्रै बाँच्न सफल भएका थिए । ब्राजिल तथा अर्जेन्टिनाका शीर्ष क्लबले चापेकोएन्सेलाई लोनमा खेलाडी उपलब्ध गराएका थिए ।

उसले लगातार दोस्रो सिजन उपाधि जितेको हो । कोपा साउथअमेरकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा गएको नोभेम्बरमा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । दुर्घटनामा डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्नसहित ६ जना विमान दुर्घटनामा बाँच्न सफल भएका थिए ।

Check Also

‘११ करोड लागतमा पोखरा रंगशालामा मुलुकमै पहिलो सुविधासम्पन्न डोम’

गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल …