Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार »  सच्चाईको नाममा ध्वनी प्रदुषण

 सच्चाईको नाममा ध्वनी प्रदुषण

पोखरा, भदौ २६ । माधब पनेरु ।

कास्कीको लामाचौरमा प्राथना बाट बिभिन्न रोग निको हुने हल्ला फैलाउदै बस्तीको बिचमा होहल्ला गरेपछि स्थानियले बिरोध गरेका छन ।                        सच्चाई नामको एक धार्मिक सस्थाले दिर्गरोग लागेका मानिसहरु जम्मा गराएर प्राथना गरी रोग निको पार्ने भन्दै चर्को स्वरमा कार्यक्रमको आयोजना गरेको भन्दै लामाचौरमा रहेका ४ वटा आमा समुहले जिल्ला प्रहरी कार्यालय, तथा वडा प्रहरी कार्यालयमा समेत उजुरी हालेका छन । उनिहरुले बस्तीको बिचमा सयौ मानिसहरु जम्मा गराएर माईक लगाएर भाषण गर्ने, रातदिन कुनै पनि समयमा मानिसहरु जम्मा हुने भएकाले आफुहरुले यसो नगर्न अनुरोध गरेपनि नटेरेपछि उजुरी गरेको आमासमुहका पदाधिकारीहरुले जनाए ।

उनिहरुले धार्मिक होस या अन्य कुनैपनि कृयाकलाप गर्दा अरुलाई असर गर्न नपाईने कानसन हुँदा हुदै सच्चाई केन्द्रका सञ्चालक पुर्ण बहादुर सुनारले अटेरी गरेको आरोप लगाएका छन ।  सो क्षेत्रमा कृयाशिल गैराबारी संगम आमा समुह, कोपिला आमा समुह, उन्नती आमा समुह लगायत सो क्षत्रका स्थानियहरुले बिरोध गरेपनि केन्द्रले कसैको प्रवाह नगरी आफ्ना कार्यक्रम सञ्चालन गर्दे आएको छ । सचााई केन्द्र पुर्ण बहादुर सुनारले आफेनै घरमा सञ्चालन गरेका हुन । सुरु सुरुमा केही मानिसहरु ल्याएर हरेक बिहिबार र शनिवार मात्र प्राथना गर्ने गरेका थिए, अहिले  सयौ मानिस बस्तीमा ल्याएर दिनभर होेहल्ला गर्न थालेपछि आफुहरु बाद्य भएर बिरोधमा उत्रन परेको पुर्ण बहादुरको छिमेकी ममता कोईरालाले बताईन । एक त सरकारी निकाय बाट दर्ता गरिएको छैन । सस्थाको आधिकारीता बिना नै घरभित्र प्राथना गर्ने नाममा ठुलो स्पीकर लगाएर नाचगान गर्ने गर्छन , उनले भनिन । सच्चाईका कारण घरमा बालबालिका नै बस्न नमान्ने अबस्था आएको अर्का छिमेकी खगु गुरुङ्कले गुनासो गरिन । बिदाको दिनमा घर बसेका बच्चाबच्ची देखि बिरामी बुवाआमा हरुलाई समेत चर्को आबाजका कारण समस्या आएको उनले बताईन । मादल बजाने गाउने नाच्ने गर्छन, उनिहरुको केन्द्रमा जान नमानेपछि सैतानहरु भनेर गाली गर्छन, अर्को एक छिमेकी रोशन तिलिजाले भने ।  बिरोधका बिचमा पछिल्लो समय बस्तीको बिचमा जग्गा भाँडामा लिएर अर्को हल बनाउन थालेपछि स्थानियहरु थप आक्रोशित भएका छन । स्थानियको सहमति बिना झुटे चारकिल्ला प्रमाणित गरेको बिबरण बुझाएर बस्तीको बिचमा सच्चाई केन्द्र बनाउन लागेको स्थानियहरुले बताएका छन । मोति बहादुर थापाको जग्गा भाँडामा लिएर सभाहल र्निमाण गर्न थालिएको छ । थापाको सधियारहरुले चारकिल्ला बारे आफुहरुले कुनै हस्ताक्षर नगरेको बताए ।
सच्चाई केन्द्रमा भेटिएका एक अनुयायिले आफ्नो केन्द्रमा प्राथना गर्न आए एड्स, क्यानसर जस्ता रोगहरु पनि निको हुने दावि गरे । पोखरा छिनेडाँडा घर भएका राज कुमार गुरुङले आफुहरु बिगत दुई बर्ष देखि सच्चाईमा लागेको बताए । उनले आफ्नो श्रीमती हातखुट्टा सुन्निने रोग बाट लामो समय ग्रसित भएको र सच्चाईमा लागेपछि हाल निको भएको बिबरण सुनाए । गुरुङले एडस तथा क्यान्सर रोगिहरु समेत निको भएको बृत्तान्त सुनाए । केन्द्रमा प्रबचन तथा प्राथनाका माध्यमबाट आत्मबिस्वास जगाएर सबैखाले दिर्घरोग निको पारीने दावि गरे । सच्चाईको पोखराको सुन्दफिड, बिरौटा लगायतका कास्कीमा मात्र २७ वटा केन्द छन । देशका सबै जिल्लामा यस्ता केन्द्र स्थापना गरि मुठी दानको नाममा रकम असुली भैरहेको स्रोतले बताएको छ ।

जुनसुकै सस्था होस या धर्मको नाममा ध्वनी प्रदुषण गर्न नपाईने कानुन भएपनि सच्चाईले पैसाको बलमा अटेर गरेको स्थानियहरु बताउछन । प्रहरीलाई पनि पटक पटक यो बिषयमा जानकारी र उजुरी दिएपनि बास्था नगरेको उनिहरुको बुझाई छ । वडा प्रहरी कार्यालयमा ध्वनी प्रदुषण नगराउने संझौता भएकै भोलीपल्ट सच्चाईले टोल नै थर्किने गरी चर्को आवाजमा कार्यक्रम गरेपछि शनिवार पनि उनिहरुले प्रहरीलाई खबर गरेका थिए । लामाचौर सिआरभिका प्रहरी असई पुर्ण बहादुर नेपालीले आफुहरु आएर माईक बन्द गर्न लगाएको बताए । प्रहरी आउदा सम्म चर्को आवाजमा कार्यक्रम गरेको पाईएपछि बन्द गराएको उनले जानकारी दिए ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …