Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » साउदीमा अवैध रुपमा तीन पुस्तादेखि बसेकाहरुलाई पनि देश निकाला गर्ने प्रस्ताव

साउदीमा अवैध रुपमा तीन पुस्तादेखि बसेकाहरुलाई पनि देश निकाला गर्ने प्रस्ताव

चैत १४-
साउदी अरबको सल्लाहकार समिती शुरा परिषदका सदस्य सदिक फदेलले त्यहाँ अवैधानिक रुपमा बसोबास गरिरहेका आप्रवासीलाई देश निकाला गर्नु पर्ने बताउनु भएको छ ।

अफ्रिका र एसियाका अवैधानिक आप्रवासीहरु साउदीको पश्चिमी भागमा बसोबास गरिरहेका छन् । उनीहरुले आफ्नो देश फर्कने चाहना नदेखाएकाले देश निकाला गर्नु पर्ने फदेलले बताउनु भयो ।

साउदी सरकारले त्यहाँ झण्डै ३० लाख आप्रवासी अवैध रुपमा बसोबास गरिरहेको जनाएको छ । तर शुरा परिषदले भने महत्वपूर्ण शहरहरु ओगटेर झण्डै ५० लाख अवैधानिक बसोबास गरिरहेको अनुमान गरेको छ ।

उनीहरु तीन पुस्ता देखि त्यहाँ बसिरहेका तर अझै अवैधानिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ ।  आप्रवासीहरुले साउदीको बसोबासको नियम उल्लङ्घन गरेका, अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनलाई पनि मिचेको शुराले दावी गरेको छ ।

अवैधानिक आप्रवासीका कारण साउदीमा कानूनी रुपमा बसोबास गरिरहेकालाई पनि आर्थिक र सामाजिक सुरक्षाका हिसावले जोखिम रहेको फदेलले बताउनु भयो । अवैधानिकहरुले आवश्यक कागपत्र जुटाए एक प्रतिशतलाई साउदीकै नागरिकता दिलाउन सक्ने उहाँको भनाई छ ।

Check Also

“मदर बम” आक्रमणमा परी ९४ जना अाइएस लडाकुको मृत्यु

अफगानिस्तान, ३ बैशाख- अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट …