Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » सिरियामा रसायनिक आक्रमण, कम्तिमा ५८ जना मारिए

सिरियामा रसायनिक आक्रमण, कम्तिमा ५८ जना मारिए

काठमाडौं, २२ चैत-
सिरियामा विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब शहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जना मारिएका छन् भने दर्जनाैं घाइते भएका छन् ।

मानवअधिकारवादी संगठनहरुका अनुसार खान शेखौनमा सिरियाली सरकार र रुसी जेटको हमलामा यति ठूलो हताहति भएको हो । उनीहरुको मृत्यु निसास्सिएर भएको बताइएको छ । राष्ट्रपति बशर अल असदका विरोधिहरुको स्थानीय कोअर्डिनेसन कमिटीहरुको नेटवर्कले केही तस्बिरहरु पोष्ट गरेका छन् ।

स्थानीय एम्बुलेन्स सर्भिसका एक सूत्रले बताएअनुसार हमलाको शिकार हुनेमा थुप्रै बालबच्चाहरु थिए जो सडकमै छट्पटाएर मरिरहेका देखिन्थे । घाइते व्यक्तिहरुको उपचार भइरहेको एउटा मेडिकल सेन्टरमा पनि हमला भएको थियो ।

सिरियाको सरकारले रसायनिक हतियारको प्रयोगलाई लगातार इन्कार गर्दै आएको छ । तर, संयुक्त राष्ट्रसंघ र अर्गनाइजेसन फर द प्रोहिविसन अफ केमिकल विपनले अघिल्लो अक्टोबरमा गरेको अनुसन्धानले निश्कर्ष निकालेको थियो कि सन् २०१४ र २०१५ का बीचमा सरकारी सेनाले कमसेकम तीनपटक क्लोरीनलाई हतियारका रुपमा प्रयोग गरेको थियो ।

Check Also

१७ महिनापछि यसरी भेटिए भारत र पाकिस्तानका प्रधानमन्त्री

बिग न्यूज पोखरा, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक …