Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » सुन चाँदी व्यवसायले सरकारबाट उचित सुरक्षा नपाएकाे गुनासाे गरे

सुन चाँदी व्यवसायले सरकारबाट उचित सुरक्षा नपाएकाे गुनासाे गरे

पाेखरा, ३ बैशाख–

सुन चाँदी व्यवसायी संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा सुन चाँदी व्यवसायीले यो व्यवसायलाई व्यवस्थित निर्देशिका ल्याउन माग गरेका हुन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारले सुन चाँदी व्यवसायीका लागि निर्देशिका निमार्ण अन्तिम चरणमा पुगेको बताए । व्यवसायीको तर्फबाट आफूहरूले बृहत रुपमा छलफल गरेर सरकारलाई ड्राफ्ट पेस गरेकाले सरकारले छिट्टै निर्देशिका ल्याउनेमा विश्वस्त रहको उनको भनाइ छ ।

हाल आफूहरुसँग २०५९ सालको निर्देशिका भएकाले त्यसको आधारमा व्यवसायिक मर्यादामा व्यवसाय गर्दै आएको उनको भनाइ थियो ।

उनले भने, ‘निर्देशिका ल्याउने तयारी हुँदै गर्दा सरकारले विभिन्न क्षेत्रमा अनुगमन गर्‍यो भने हामी आन्दोलनमा जान बाध्य हुन्छौं तर सरकारले ल्याएको निर्देशिका हामीलाई मान्य हुँदैन ।’ अझै पनि उचित शान्ति, सुरक्षा दिन सरकार कटिवद्ध नभएको उनले गुनासो गरे ।

उपभोक्त मञ्च कास्कीका सचिव मिलनप्रसाद तिवारीले कुनै पनि उपभोक्ता ठग्ने गरी व्यवसाय नगर्न सुझाव दिँदै अनुगमन हुँदा व्यवसायीलाई त्रसित नहुन आग्रह गरे ।

संघ कास्की अध्यक्ष निर्मल दियाली सुनारको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष चिन्द्रकिशोर गौतम, संरक्षक दुर्गाबहादुर सुनार, विशिष्ठ सल्लाहकार विनोद शाक्य, सल्लाहकार सञ्जीवबहादुर कोइराला, उपाध्यक्षद्वय राजेशमान बुद्धचार्य र भविन्द्र विश्वकर्मा, कानुनी सल्लाहकार हेमराज बराल, महासचिव मनबहादुर विश्वकर्मा, सदस्य हरिकुमार धमलालगायतले सुन चाँदी व्यवसायलाई व्यवस्थित ढंगले संचालन गर्न राज्यले छिट्टै ऐन तथा निर्देशिका जारी गर्नुपर्नेमा जोड दिए ।

कास्कीमा हाल हप्ताको ३ केजी सुन अपुग भएको संघ कास्की अध्यक्ष निर्मल दियाली सुनारले बताए ।

सुन चाँदी व्यवसायीले छिट्टै निर्देशिका ल्याउन सरकारसँग माग गरेका छन् ।

Check Also

‘क्विन्स’मा बुटिक तथा मेकअप तालिम हुने

पोखरा,१० जेठ । पोखराको क्विन्स कलेक्शन बुटिकले ‘बुटिक तथा ब्यूटिपार्लर’ सम्बन्धि तालिम संचालन गर्ने भएको …