Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » सुवर्ण अवसर ! राष्ट्रिय यू १६ खेलाडी छनौट हुँदै, प्रयास गर्नुहोस्…

सुवर्ण अवसर ! राष्ट्रिय यू १६ खेलाडी छनौट हुँदै, प्रयास गर्नुहोस्…

यदि तपाईं १६ वर्ष भन्दा कम उमेर समूहका हुनुहुन्छ ? फूटबल खेल्ने गर्नुभएको छ ? नेपाली राष्ट्रिय टीमको जर्सी पहिरिएर देशको प्रतिनिधित्व गर्दै विदेशमा खेल्ने अवसरको खोजीमा हुनुहुन्छ ? प्रतिभा भएका खेलाडीलाई  यो मौका मिलेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले यही बैशाख १६ देखि २० गतेसम्म छनौट गर्ने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी छनौट हुनेछ । छनौट भएका खेलाडी एएफसी यू १६ छनौट खेल्ने सुवर्ण अवसर मिल्नेछ । खेल यही सेप्टेम्बर २० मा नेपालमै हुनेछ । भारत, ईराक र प्यालेष्टाईन रहेको समूहमा नेपाल रहेको छ ।

ईच्छुक खेलाडीले यथाशीघ्र एन्फा कम्प्लेक्समा सम्पर्कका लागि आग्रह गरेको छ । उपत्यकाबाहिरका खेलाडीले आफ्नै खर्चमा सबै व्यवस्थापन गर्नुपर्नेछ । ईच्छुकले एन्फाको फोन नंं ५२०१०६०,  ५२०१०६२ र ५२०२३१९ मा सम्पर्क गर्न सक्नेछन् ।

Check Also

‘११ करोड लागतमा पोखरा रंगशालामा मुलुकमै पहिलो सुविधासम्पन्न डोम’

गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल …