Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » सेती खोँचमा खसेका २२ वर्षका मनोजको उपचार हुँदै

सेती खोँचमा खसेका २२ वर्षका मनोजको उपचार हुँदै

पोखरा, ९ असोज / पोखराको सेती नदी खोँचमा परेका २२ वर्षका मनोज सुनारको उद्धार गरिएको छ । पृथ्वीचोकको बसपार्क स्थित कृष्णटोलका मनोजलाई सोमबार बिहान सुरक्षाकर्मीको टोलीले झण्डै साढे दुई घण्टाको प्रयासमा उद्धार गरेको हो ।

पृथ्वीचोकको चाइना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिमपट्टिको भागको सेतीनदी खोचमा पुगेका सुनारलाई पुलमा हिँड्ने बटुवाले देखेर प्रहरीलाई खवर गरेका थिए । त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल परिचालन भएको थियो । मनोजको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।

उद्धारमा खटिएको सुरक्षाकर्मीले मनोजलाई भेट्दा सामान्य बोलचाल गरे पनि केही समयपछि वेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका ५ बजेसम्म घरमै रहेका सुनार ५ बजे पछि घरबाट बेपत्ता भएका उनका बाबु दिपक सुनारले बताए । गएको १७ वर्षदेखि पोखरामा मजदुरी गर्दै आएको सुनार परिवारको एक्लो छोरा बेपत्ता हुँदा घरमा रुवावासी चलेको थियो ।

मनोजकी श्रीमती रोजगारको शिलशिलामा विदेशमा रहेको परिवारले बताएका छन् । सुनार सेती खोचमा कसरी पुगे भन्ने बारेमा केही खुलेको छैन ।

उद्धारमा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीको रेस्क्यू टोली, पोखराको मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल, कालिका गणको क्षेत्रीय विपद् व्यवस्थापनको टिम र नेपाली सेनाको कालिभन्जनको रेस्क्यू टिम समेत खटिएको थियो।

www.citypokhara.com

तस्वीरः सुदर्शन रञ्जित

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …