Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » स्थानीय तहको अधिकारमा कसैले बन्देज लगाउन सक्दैनः पोखरेल

स्थानीय तहको अधिकारमा कसैले बन्देज लगाउन सक्दैनः पोखरेल

बिग न्युज पोखरा, ७ साउन ।  नेकपा (एमाले) स्थायी कमिटीका सदस्य शंकर पोखरेलले संविधानमा किटान गरिएका स्थानिय तहका अधिकारलाई कसैले बन्देज लगाउन नसक्ने बताएका छन् ।

स्थानिय तहलाई बन्देज लगाउने गरि सरकारले कार्यादेश जारी गर्ने काम गरेको बताउदै उनले संविधानमा स्थापित अधिकारलाई कसैले रोक्न नसक्ने र संविधानमा भएका अधिकारलाई प्रयोग गरेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसका सन्दर्भमा एमाले कास्कीद्वारा आज यहाँ आयोजित ‘नेपालको गणतान्त्रिक संविधान, स्थानीय सरकार र पुष्पलाल’ विषयको प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

स्थानीय तहले संवैधानिक रुपमै २२ प्रकारका शासकीय अधिकार प्राप्त गरेको उल्लेख गरे । संविधानले दिएको अधिकार कटौती गर्ने अधिकार कसैलाई छैन् तपाईहरु सार्वभौम हुनुहुन्छ कसैले केही गर्न सक्दैन । उनले भने– स्थानिय तहको अधिकारलाई केन्द्र वा प्रदेशले अंकुश लगाउन सक्दैन तर ऐन कानुन बनाएर काम गर्नुपर्छ ।

स्थानिय तहमा निवाचित जनप्रतिनिधिलाई जनताको मन र मत जित्ने गरि काम गर्न पनि उनले आग्रह गरे । उहाँले हिजोको जस्तो तरिकाले शासन गर्न नसकिने बताउदै सिंहदरबारका अधिकार जनताको बीचमा पुर्याउने मान्यताका आधारमा तीन तहको संघीयताको संरचना अघि सारिएको बताए ।

पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणले जनतालाई प्रत्यक्ष प्रतिफल दिन सक्नुपर्ने बताए । एमाले नेता पोखरेलले वास्तवमा सिंहदरबारको अधिकार गाउँ नगरमा आइसक्यो, नगर र गाउँपालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष प्रधानमन्त्री जत्तिकै शक्तिशाली भएको टिप्पणी गरे ।

जननिर्वाचित जनप्रतिनिधिले जनताका दुःख सुखमा साथ दिएर पार्टीको छविलाई समेत उँचो हुने काम गर्न सुझाव दिए । उनले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व पुष्पलाल श्रेष्ठको मार्गदर्शन र विचारबाटै देशमा ठूला ठूला परिवर्तन हुन सकेको विचार व्यक्त गरे । कसैलाई अन्याय गरर कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता बन्न नसकिने भएकाले सवैको भावनाहरु र अन्यायमा परेकालाई न्याय दिने गरि काम गर्न जनप्रतिनिधिलाई आग्रहगरे ।

एमाले युवा नेता एवं संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गर्दै देशले राजनीतिक स्थायित्व प्राप्त गरिसकेकाले अब सामाजिक र आर्थिक रुपान्तरणको दिशामा देश अघि बढ्नुपर्ने धारणा राखे ।

पूर्वमन्त्री खगराज अधिकारीले पुष्पलालले अँगालेको बाटो अवलम्बन गरेमात्र श्रद्धाञ्जलि सच्चा ठहरिने विचार व्यक्त गरे । एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले पुष्पलालका सपना पूरा गर्न विकासका गतिविधि अघि बढाएर समाजवादतर्पm उन्मुख हुनुपर्ने बेला आएको बताए ।

सो अवसरमा कास्कीका पाँच स्थानीय तहमा एमालेबाट निर्वाचित प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

एमाले कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष मनबहादुर गुरुङ ले स्वागत तथा संचालन सचिव दामोदर बैरागीले गरेका थिए ।

 

Check Also

दुई दिन भारी वर्षा हुने, सतर्क रहन आग्रह, अझै केही दिन भारी वर्षा हुन्छ : मौसम विभाग

श्रावण २७ – मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । झण्डै एक …