Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » १५ औं आहा रारा गोल्ड कपबाट २७ लाख ७८ हजार बचत

१५ औं आहा रारा गोल्ड कपबाट २७ लाख ७८ हजार बचत

बिग न्युज पोखरा ३१ असार / पोखरामा वर्षेनी आयोजना हुने आहा रारा गोल्डकपको १५ औं संस्करणबाट २७ लाख बढि बचत भएको छ । आयोजक सहारा क्लबले पछिल्लो प्रतियोगिताबाट २९ लाख ७८ हजार एक सय ९१ रुपैंया बचत भएको जानकारी दिएको हो ।

अर्थ संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगिताको आयव्यय सार्वजनिक गरे । प्रतियोगितामा कुल ९७ लाख १० हजार सात सय ६५ आम्दानी मध्ये ६९ मलाख ३२ हजार पाँच सय ७४ रुपैया खर्च कटाएर सो रकम बचत हुन आएको उनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रायोजक मार्फत ३० लाख ५९ हजार नौ सय ९८, टिकट विक्री मार्फत ४१ लाख ५० हजार तीन सय ७०, ब्यानर मार्फत २२ लाख छ हजार ५५ र अहिलेसम्म ४३ हजार बैंक ब्याज तथा प्रोत्साहन वापतको दुई लाख ५१ हजार आम्दानी भएको थियो ।

क्लबका अध्यक्ष बीरभद्र आचार्यका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष बचत रकम कम हो । १४ औं संस्करणमा झण्डै ३५ लाख रुपैया बचत भएकोमा अहिले ७ लाख भन्दा कम बचत हुन आएको हो । प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनको लागि खर्च गरिनेछ । एकेडेमीमा हाल १६ जिल्लाका २८ वालकहरु आश्रित छन् । एकेडेमी सञ्चालनको लागि मासिक झण्डै दुई लाख रुपैया खर्च लाग्ने गरेको अध्यक्ष आचार्यले बताए ।

उनले पोखरा रंगशाला निर्माणका क्रममा रहेकाले अब के गर्ने भन्ने विषयमा विकल्पका बारेमा छलफल गर्ने तर प्रतियोगिता कुनै हालतमा नरोकिने प्रतिक्रिया दिए । आयव्यय सार्वजनिक कार्यक्रमका प्रमुख प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सुर्यबहादुर केसीले प्रतियोगितालाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, क्लबका वरिष्ठ उपाध्यक्ष केशबहादुर थापा, महासचिव केशवराज बराल लगाएतले बोलेका थिए ।

Check Also

दोस्रो पोखरा स्पोर्टस् अवार्ड सहयोगीलाई मञ्चद्वारा धन्यवाद ज्ञापन

२५ साउन / सबै क्षेत्रको हार्दिकतापूर्ण सहयोगले दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ भव्य र सफलतापूर्वक …