Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » अहिलेसम्म कास्कीमा खस्यो ५० प्रतिशतभन्दा बढि मत

अहिलेसम्म कास्कीमा खस्यो ५० प्रतिशतभन्दा बढि मत

रेम बिक
पोखरा, ३१ बैशाख । कास्कीमा ५० प्रतिशतभन्दा बढि मतदाताले मतदान गरिसकेको तथ्याङ्क आएको छ । करिब २० वर्षपछि भएको स्थानिय तहको निर्वाचनको क्रममा विहान ७ बजेदेखि शुरु भएको मतदानमा आधाभन्दा बढि मतदाताहरुले मत खसालिसकेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

कास्कीमा एक महानगरसँगै ४ वटा गाउँपालिकामा आज निर्वाचन जारी छ । पोखरा–लेखनाथ महानगरसँगै यहाँका ४ वटै गाउँपालिकामा आधाभन्दा मत खसिसेकेको निर्वाचन अधिकृतहरुलाई उद्दृत गर्दै हाम्रा संवाददाताहरुले जनाएका छन् ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन् । त्यसमध्ये महिला मतदाता १ लाख २० हजार २ सय ३० छन् भने पुरुष १ लाख ४ हजार ५ सय ७६ छन् । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता छन् भने ९८ वटा मतदान स्थल र २ सय १० मतदान केन्द्र छन् ।

समग्र कास्कीमा १ सय ५० मतदान स्थल र कास्कीमा २ सय ८८ मदतान केन्द्र रहेका छन् । यस्तै, अन्नपूर्णमा १५ स्थलमध्ये २१ मतदान केन्द्र, माछापुच्छ्रेमा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम गरिएको छ । कास्कीमा रहेको कुल मताधिकार राख्ने जनतामध्ये ७५ प्रतिशतले मात्रै मतदाता परिचय पत्र लिएका थिए ।

Check Also

पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार …