Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » न्यूजिल्याण्ड जाने विद्यार्थीहरुका लागि ‘एक्सेस एजुकेशन नेटवर्क’को सेमिनार

न्यूजिल्याण्ड जाने विद्यार्थीहरुका लागि ‘एक्सेस एजुकेशन नेटवर्क’को सेमिनार

पोखरा, २० कात्तिक । अध्ययनका लागि न्यूजिल्याण्ड जाने सोँच बनाईरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एक्सेस एजुकेशन नेटवर्क’ले पोखरामा सेमिनारको आयोजना गर्ने भएको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाईको मुलुकमा पर्ने न्यूजिल्याण्डका विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरु समेत सम्मेलनमा सहभागी हुने उसले जनाएको छ ।

कात्तिकको २२ गते पोखरामा सेमिनार हुने एक्सेसले जानकारी दिएको छ । सिद्धार्थचोकस्थित रुपाकोट भवनको तेस्रो तल्लामा रहेको ‘इनसर्च इन्टरनेशनल इन्स्टिच्यूट’को सभाहलमा सेमिनार हुने ‘एक्सेस’ले बताएको छ । ‘इनसर्च इन्टरनेशनल इन्स्टिच्यूट’ एक्सेसको ‘सिस्टर अर्गनाइजेशन’ हो ।

सेमिनारमा विद्यार्थीहरुका लागि न्यूजिल्याण्डको बारेमा विस्तृत जानकारी दिईने एक्सेस एजुकेशन नेटवर्क पोखराका निर्देशक राजन भण्डारीले बताए । ‘विद्यार्थीहरुलाई न्यूजिल्याण्डको विशेषता र त्यहाँको शिक्षा प्रणालीको बारेमा सेमिनारमा जानकारी दिईनेछ ।’ भण्डारीले भने–‘त्यसैले विद्यार्थीहरुले यो सेमिनार सकेसम्म नछुटाएको राम्रो हुन्छ ।’

सेमिनारमा ‘एस्पाएर टु इन्टरनेशनल’का गुरप्रित सिंह कोहलीले सहजीकरण गर्नेछन् । ‘एस्पाएर टु इन्टरनेशनल’ न्यूजिल्याण्डको सरकारी अनुगमन निकाय ‘एनजेडक्यूए’बाट प्रमाणित ए ‘ग्रेड’को शैक्षिक सेवा दिने संस्था हो । कोहलीले सेमिनारमा न्यूजिल्याण्डका विश्वविद्यालयहरुमा पढाईने ‘कम्प्यूटिङ’, ‘हस्पिटालिटि’, ‘बिजनेश’, ‘आइटी’, ‘इन्टरनेशनल स्टडिज’, ‘इन्जिनियरिङ’, ‘हेल्थ सर्भिस म्यानेजमेन्ट’ लगाएतका विषयहरुको बारेमा विस्तृतमा जानकारी दिनेछन् ।

सेमिनारमा न्यूजिल्याण्डमा रहेका अकल्याण्ड, तौरंगा, हास्टिङ, वेलिङटन, क्राइस्टचर्च लगाएतका कलेजको बारेमा पनि बताउनेछन् ।

एक्सेस एजुकेशन नेटवर्क लामो समय यता विद्यार्थीहरुलाई वैदेशिक अध्ययनका लागि परामर्श दिँदै आएको संस्था हो । यो परामर्श केन्द्रले काठमाण्डौको पुतलीसडक, बानेश्वर, कुमारीपाटी, पोखरा र भैरहवाबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिँदै आएको छ ।

 

Check Also

सांग्रिला रिसोर्टमा ‘बारबिक्यू’ पार्टी

बिग न्यूज पोखरा, कात्तिक ३० । आन्तरिक पर्यटक लक्षित गरी सांग्रिला रिसोर्टले हरेक शुक्रबार ‘बारबिक्यू नाइट’ …