Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » ‘एनमार्क’लाई अष्ट्रेलियन यूनिभर्सिटिहरुको निम्तो

‘एनमार्क’लाई अष्ट्रेलियन यूनिभर्सिटिहरुको निम्तो

रेम बिक
पोखरा, २८ चैत । अष्ट्रेलियाको ३ वटा यूनिभर्सिटिको निम्तोमा ‘एनमार्क एडुकेशन’का संचालक नसिब क्षेत्री त्यसतर्फ जाने भएका छन् । विशेष गरि अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको ‘एनमार्क’लाई त्यहाँको ‘वेन्टवर्थ इन्स्टिच्यूट’, ‘इसिए ग्रुप’ र ‘भिक्टोरिया यूनिभर्सिटि’ले उनलाई भ्रमणको लागि निम्तो दिएको हो ।

व्यवसायिक भिसासहित त्यसतर्फ जान लागेको नसिबले जानकारी दिएका छन् । ‘सबैभन्दा कान्छो उमेरमा अष्ट्रेलियाको लागि यो लेभलको व्यबसायिक भिसा पाउने पोखरामा म शायद पहिलो हुनुपर्छ ।’ नसिबले भने–‘त्यसैले पनि मैले यसलाई निकै सकारात्मक रुपमा लिएको छु ।’ नसिब अहिले ३० वर्ष पुगे । १२ अप्रिलमा उनी अष्ट्रेलिया जाने सेड्युल छ । र, उनी त्यहाँ करिब ३ महिनासम्म रहनेछन् ।

अष्ट्रेलिया बसाँईको क्रममा उनले त्यहाँको कलेजहरुको बारेमा जानकारी लिनेछन् । कलेज र यूनिभर्सिटिहरुले आयोजना गर्ने सेमिनारहरुमा उनी सहभागी हुनेछन् । त्यसका अलावा उनी नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि गएका विद्यार्थीहरुसँग साक्षात्कार र अन्तरक्रिया गर्नेछन् । अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिजबेन र पर्थमा उनले विद्यार्थीहरुसँग भेट्ने कार्यक्रम तय भएको छ ।

‘विद्यार्थीहरुको अवस्था, उनीहरुको पढाई र आर्थिक स्तरोन्नतीको बारेमा मैले त्यहाँ बुझ्नेछु ।’ उनले भने–‘त्यो सँगै त्यहाँका कलेजको सिस्टमको बारेमा मेरो अध्ययनमा जोड रहनेछ ।’ व्यवसायिक भिसामा त्यहाँ जान लागेकोले उनले ३ महिनाको बीचमा ‘एनमार्क एजुकेशन कन्सल्टेन्सी’लाई अष्ट्रेलियामा कसरी ‘एक्सपाण्ड’ गर्न सकिन्छ भन्ने विषयमा पनि बुझ्ने बताएका छन् । ‘व्यवसायिक रुपमा एनमार्कलाई अष्ट्रेलियामा स्थापित गर्ने गरि मैले तयारी गरिरहेको छु ।’ नसिबले भने ।

नसिबले एनमार्क एजुकेशन कन्सल्टेन्सी पोखरामा ४ वर्ष अगाडि स्थापना गरेका हुन् । वैदेशिक अध्ययनपश्चता उनी नेपाल फर्केर शैक्षिक परामर्श व्यवसायमा लागेका हुन् । उनको शैक्षिक परामर्श केन्द्रले अष्ट्रेलिया, अमेरिका, जापान, आयरल्याण्ड लगाएतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई विशेष रुपमा परामर्श दिँदै आएको छ ।

त्यो सँगै पोखरामा उनले एउटा ‘बुटिक’पनि संचालन गरिरहेका छन् । यी दुवै व्यवसायलाई उनले नेपालसँगै अष्ट्रेलियामा बिस्तार गर्ने लक्ष्य लिएका छन् ।

Check Also

पोखरा–काठमाडौं रुटमा ‘विश्वकै उत्कृष्ट बस’ ! प्रत्येक सिटमा टिभी, खाना टेबल

पोखरा, ५ असोज/यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स …