Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » ग्राहकको स्वास्थ्यलाई लक्षित गर्दै लेकसाइडमा खुल्यो ‘बगैँचा वेलनेस रिसोर्ट’

ग्राहकको स्वास्थ्यलाई लक्षित गर्दै लेकसाइडमा खुल्यो ‘बगैँचा वेलनेस रिसोर्ट’

रेम बिक
पोखरा, १२ कात्तिक । योगा, ध्यान, साउना, स्पा, स्टिम, ज्याकुजी, फिटनेस क्लब र एरोबिक । पोखरा लेकसाइडमा खुलेको ‘बगैँचा वेलनेस रिसोर्ट’को फिचर यतिमा मात्रै सिमित छैन । रिसोर्ट परिसरमै ठुलो स्विमिङ पुल पनि छ । र, खान बस्न मिल्ने निकै सुन्दर अनि भव्य वातावरण पनि ।

झट्ट हेर्दा कुनै समुन्द्रको छेऊमा भएको रिसोर्टकै झल्को दिने यो नयाँ शैलीको ‘वेलनेस सेन्टर’ नेपालमै पहिलो भएको यसका संचालकहरु दाबी गर्छन् । लामो समय यता पर्यटन व्यवसायमा लागिरहेका युवा व्यवसायीहरु वैभव पौडेल र पोमनारायण श्रेष्ठले सँयुक्त रुपमा यो रिसोर्ट संचालनमा ल्याएका हुन् । यो रिसोर्टमा उनीहरुले ८ करोड रुपैयाँभन्दा बढि लगानी भएको बताएका छन् ।

‘हेल्थ कन्सियस ग्राहकहरुलाई लक्षित गर्दै हामीले यो कन्सेप्टमा काम गरेका हौँ । र, पोखराको लागि यो केहि नौलो पनि देखिएको छ ।’ रिसोर्टका संचालक वैभव पौडेलले भने–‘हामीले खानपिनमा पनि स्वस्थवद्र्धक खानेकुरालाई मेनुमा समावेश गरेका छौँ ।’ पछिल्लो समय मानिसहरु स्वास्थ्य प्रति बढि नै संवेदनशिल हुँदै गएकोले उनीहरुलाई अझै बढि सजिलो होस् भन्ने हेतुले आफुहरुले यस्तो खाले रिसोर्ट संचालनमा ल्याएको पौडेलले बताए ।

शुक्रबार प्रधानसेनापती राजेन्द्र क्षेत्रीले रिसोर्टको उद्घाटन गरेका थिए । उद्घाटनपश्चात क्षेत्रीले रिसोर्टको अवलोकन गर्दै निकै उत्कृष्ट भएको प्रतिक्रिया दिए । ‘मानिसको स्वास्थ्यप्रति लक्षित गर्दै खुलेको रिसोर्ट अवश्य पनि व्यवासायिक हिसाबले पनि राम्रो हुनेछ ।’ उनले शुभकामना दिए ।

रिसोर्टमा ‘फिटनेस’का लागि आउने ग्राहकहरुसँगै अन्य ग्राहकहरुका लागि ‘रेगुलर फुड’को व्यवस्था पनि भएको संचालकहरुले बताएका छन् । दरबारको ‘थिम’मा निर्माण गरिएका संरचनाले पनि मानिसहरुलाई अझै बढि आकर्षित गर्ने संचालकहरुको विश्वास छ । निगालोको ‘थिम’मा रहेको गार्डेनमा बुद्धिस्ट (जेन) थिमको ‘स्पा’ रहेको छ ।

रिसोर्टले ग्राहकहरुको लागि विशेष सहुलियतमा प्याकेज समेत उपलब्ध गराएको छ । नेपाली ग्राहकहरुको लागि कोठा र बे्रकफास्टसहित अन्य फिचरहरुसमेत जोडेर ५ हजार रुपैयाँको प्याकेज रहेको छ । त्यस्तै विदेशी पर्यटकका लागि रिसोर्टले ८० डलरको एकदिने प्याकेज उपलब्ध गराएको छ ।

४ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा आउने ग्राहकहरुका लागि पार्किङको व्यवस्था गरिएको छ । त्यस्तै यो रिसोर्ट अपाङ्गमैत्री तवरले निर्माण गरिएको छ । रिसोर्टमा हाल ३५ जनाले रोजगारी पाएका छन् ।

Check Also

प्रचारमा अब्बल नेपाली काँग्रेस

बिग न्यूज पोखरा, १ मंसिर । चुनावी माहौल गरमागरम बन्दै गएको छ । जताततै चुनावले …