Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » बिग आइकन सुवासलाई ‘द ब्रिटिश कलेज’को सम्मान

बिग आइकन सुवासलाई ‘द ब्रिटिश कलेज’को सम्मान

रेम बिक
पोखरा, २८ चैत । सातौँ बिग आइकन सुवास गुरुङलाई काठमाण्डौ थापाथलीको ‘द ब्रिटिश कलेज’ले विशेष सम्मान गरेको छ । ‘साँगीतिक क्षेत्रमा आएको नयाँ प्रतिभा’को रुपमा कलेजले उनलाई सम्मान दिएको हो । ‘द ब्रिटिश कलेज’का प्रमुख कार्यकारी अधिकृत राजन कँडेल तथा मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले सुवासलाई सम्मान गरेका थिए ।

बिग आइकन सुवास गुरुङलाई सम्मान गर्दै उनले ‘यस्ता प्रतिभावान गायक जन्माउने कार्यक्रम आयोजना गरेको’ भन्दै बिग एफएमलाई पनि विशेष धन्यबाद प्रकट गरे । ‘साँगीतिक गायन प्रतिभाहरुलाई जन्माउदै निरन्तर सात बर्षसम्म आईपुगेको बिग आइकनको सँस्करण अझै धेरै अगाडिसम्म बढोस् भन्ने मेरो मनोकामना छ ।’ द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत कँडेलले भने–‘र, पछिल्लो बिग आइकन बनेका सुवासलाई पनि सुखद साँगीतिक करिअरको लागि शुभकामना दिन चाहन्छु ।’

थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ बिग आइकनको ‘प्रमोटर’ पनि हो । उसैको भातृ संस्था यूरोपको नेपालीपत्रले हरेक बिग आइकनलाई बेलायतको साँगीतिक भ्रमण गराउँदै आएको छ । यो पटक पनि सुवासलाई बेलायतको साँगीतिक भ्रमण गराउने उसले जनाएको छ । आगामी दशैँको छेको पारेर सुवासको साँगीतिक भ्रमणको सेड्युल ‘द ब्रिटिश कलेज’ले गरिसकेको छ । यसअगाडि बिग आइकन बनेका मुस्कान रानाभाट र साजन आले यो ‘ट्रिप’मा बेलायत पुगेर फर्किसकेका छन् ।

यतिबेला सातौँ बिग आइकन बिजेता सुवास गुरुङ मिडिया भेटघाटको क्रममा काठमाण्डौमा छन् । र, यहि मेसो पारेर ‘द ब्रिटिश कलेज’ले उनलाई सम्मान गरेको हो । सम्मानित भैसकेपछि सुवासले आफु निकै खुशी भएको प्रतिक्रिया दिए । ‘यो बिग आइकनको कारणले मात्र संभव भएको हो । र, मैले अझै बढि सम्मानित हुने काम गर्दै जानुपर्छ भन्ने ठानेको छु ।’ सुवासले भने ।

सातौँ बिग आइकनले सम्मान पाईरहँदा यसको आयोजक संस्था बिग एफएमका अध्यक्ष महेश भण्डारीले पनि उनलाई शुभकामना दिए । साथै उनलाई सम्मान गर्ने संस्था ‘द ब्रिटिश कलेज’लाई उनले धन्यबाद प्रकट गरे । ‘यो हाम्रो लागि गर्वको कुरा हो ।’ अध्यक्ष भण्डारीले भने ।

बिग आइकन आयोजक संस्था बिग एफएमका अध्यक्षसहितको काठमाण्डौ ‘ट्रिप’मा रहेका सातौँ बिग आइकन सुवास गुरुङ अझै केहि दिन त्यहाँ रहने ‘सेड्युल’ छ ।

Check Also

पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार …