Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured

Featured

पोखरामा असोज ३० गते ‘अग्नीदहन’ प्रदर्शन हुने

रेम बिक पोखरा, २० असोज । बोक्सी कुप्रथामा आधारित रहेर निर्माण भएको फिल्म ‘अग्नीदहन’ले पोखराबाट प्रदर्शन आरम्भ गर्ने भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’को निर्माणमा तयार भएको यो फिल्म आगामी ३० गते पोखराको श्रीकृष्ण हलमा ‘स्पेशल शो’ हुने निर्माण यूनिटले जनाएको छ । फिल्मको प्रदर्शनीलाई अभियानको रुपमा अगाडि बढाईने प्रतिष्ठानले जनाएको छ । शुक्रबार प्रतिष्ठानले पोखरामा …

Read More »

बिन्दबासिनीदेखि ‘मिडटाउन सिनेमाज्’ सम्मको द्वा परिवारको ‘हल’ यात्रा

रेम बिक पोखरा, ३० भदौ । पोखराका पुराना हल व्यवसायी हुन्, उत्तम द्वा । उनीसहित उनको परिवार नै चलचित्र र हलको व्यवसायमा लागेको निकै लामो समय भैसक्यो । ७५ वर्ष अगाडि उत्तम द्वाका पिता जितप्रसाद द्वाले पोखरामा व्यवसायको शुरुवात गरेका थिए । उनैले पोखरामा बिन्दबासिनी हल निर्माण गरेका थिए । विन्दबासिनी हल निर्माणसँगै संचालनमा ल्याएपछि द्वा परिवार यो व्यवसायमा निरन्तर …

Read More »

दशैँमा बिग एफएमको रेडियो गेम शो ‘महा–आजिजा’ हुने, पोखरा सस्तो बजार मुख्य प्रायोजक

रेम बिक पोखरा, २६ भदौँ । बडादशैँको अवसरमा यो पटक पनि बिग एफएमले रेडियो इभेन्ट ‘महा–आजिजा’ गर्ने भएको छ । हरेक चाड स्रोताहरुसँगै मनाउने बिग एफएमले गर्न लागेको यो पटकको ‘महा–आजिजा’ सातौँ सँस्करणको हो । घटस्थापनादेखि सप्तमीसम्म चल्ने यो रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमले जनाएको छ । यो पटक रेडियो गेम शो ‘महा–आजिजा’लाई …

Read More »

ज्योतिष हरिहर अधिकारीलाई ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड

रेम बिक पोखरा, १९ भदौ । युवा ज्योतिष हरिहर अधिकारीले ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड प्राप्त गरेका छन् । एशियन एस्ट्रोलोजर कँग्रेसले उनलाई यो अवार्डसहित सम्मान गरेको हो । एशियन एस्ट्रोलोजर कँग्रेसको आयोजनामा इन्डोनेसियाको बालीमा भएको १८ औँ सम्मेलनको अवसरमा अधिकारीले यो अवार्ड प्राप्त गरेका हुन् । यो अवार्ड पाउने हरिहर नेपालका पहिलो ज्योतीष हुन् । अधिकारीलाई अन्तराष्ट्रिय हिन्दु पुजारी …

Read More »

शनिबार व्यञ्जनमा ‘रेन्टरटेनमेन्ट’

रेम बिक पोखरा, १६ भदौ । ‘रेन्टरटेनमेन्ट’को पछिल्लो सिजनको तयारी सकिएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर लेकसाइडस्थित व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक यो साँगीतिक ‘इभेन्ट’को तयारी पुरा भएको आयोजकले जनाएको छ । लेकसाइडस्थित ‘व्यञ्जन’ रेस्टुरेन्टमा भदौ १७ गते शनिबार २ बजेदेखि यो कार्यक्रम शुरु हुँदैछ । यो पटक हुन लागेको ‘रेन्टरटेनमेन्ट’ अघिल्ला सँस्करणको तुलनामा अझै विशेष हुने आयोजकले …

Read More »

भदौ १७ गते पोखरामा ‘सिग्नेचर’ स्क्रिनिङ हुँदै

‘सिग्नेचर’ फिल्मको सकारात्मक अभियान पोखरामाबिग न्यूज पोखरा, ३२ साउन । आगामी भदौको १७ गते पोखरामा नेपाली फिल्म ‘सिग्नेचर’को बिशेष शो हुने भएको छ । ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ अन्तरगत यो फिल्मलाई पोखरामा प्रदर्शन गर्न लागिएको हो । यो अभियानले स्वास्थ्य मन्त्रालयबाट ‘अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरिसकेको छ । सभ्य सिर्जनाको प्रस्तुतिमा हुने कार्यक्रमको आयोजना स्कूल फाउण्डेसनले गर्न लागेको …

Read More »

तिजमा दिदीबहिनीलाई ‘गोल्डेन हाउस पार्टी प्यालेस’को साडी उपहार

पोखरा, २५ साउन । तिज नजिकिँदै गर्दा पोखराका पार्टी प्यालेसहरुको ‘बुकिङ’ निकै उच्च हुन थालेको छ । झरि पछि तिजको सिजनमा सबैभन्दा बढि पार्टीहरु बुक गर्नका लागि पार्टी प्यालेसहरुले पनि थुप्रै ‘स्किम’हरु ल्याउन थालेका छन् । व्यापारिक हिसाबले पनि पार्टी प्यालेसहरुका लागि तिजपछि सिजन लागेको मानिन्छ । त्यसैले पार्टी प्यालेसहरुले पार्टी बुक गर्नेहरुलाई आकर्षण गर्नका लागि यस्ता ‘स्किम’ ल्याउने गरेका …

Read More »

वैदेशिक अध्ययनमा जान चाहनुहुन्छ ? ‘मेगा एजुकेशन फेयर’मा जानुस् !

रेम बिक पोखरा, १५ साउन । दोस्रो सँस्करणको ‘मेगा एजुकेशन फेयर’ सोमबारदेखि पोखरामा शुरु हुँदैछ । पोखरा सभागृहमा हुने यो शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक ‘वान अप प्रालि’ले जनाएको छ । शैक्षिक मेलामा सहभागिताका लागि प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ । सोमबार विहान १० बजेदेखि पोखरा सभागृहमा यो मेला शुरु हुन लागेको हो । मेलाकै लागि भनेर …

Read More »

साउन १६ देखि पोखरामा ‘मेगा एजुकेशन फेयर’

रेम बिक पोखरा, ९ साउन । पोखरामा दोस्रो सँस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै यो शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप इभेन्ट्स एण्ड मिडिया सोल्यूसन्स’ले यो शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । आयोजकले दिएको जानकारी अनुसार शैक्षिक मेला साउनको १६ गतेदेखि १८ गतेसम्म चल्नेछ । पोखरा …

Read More »

‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताले एउटै केबुलबाट इन्टरनेटसँगै टेलिभिजन हेर्न पाउने

रेम बिक  पोखरा, १९ असार ।  ‘पोखरा इन्टरनेट’ प्रयोगकर्ताहरुले अब इन्टरनेटसँगै एउटै केबुलबाट ‘एचडी’ क्वालिटिको टेलिभिजन पनि हेर्न पाउने भएका छन् । कम्पनीले पोखरामा यो सेवा शुरु गरिसकेको छ । र, पहिलो चरणमा यो सेवा लिईरहेका प्रयोगकर्ताहरु बाट उसले राम्रो ‘रेस्पोन्स’ पनि पाईरहेको छ । ‘यो पोखराको लागि बिल्कुलै नौलो शुरुवात हो ।’ पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक सरोज कोईरालाले भने–‘प्रयोगकर्ताहरुले …

Read More »