Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

१७ महिनापछि यसरी भेटिए भारत र पाकिस्तानका प्रधानमन्त्री

बिग न्यूज पोखरा, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबिच भेटघाट भएको जनाइएको छ । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ । …

Read More »

“मदर बम” आक्रमणमा परी ९४ जना अाइएस लडाकुको मृत्यु

अफगानिस्तान, ३ बैशाख- अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो बम हमलालाई अहिले सम्मकै सवै भन्दा शक्तिशाली बम हमलाको रुपमा लिइएको छ । पहिलो पटक भएको सबैभन्दा शक्तिशाली बम हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अफगानी अधिकारीले बताएका छन् । …

Read More »

सिरियामाथि अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

चैत २५ – अमेरिकाले सिरियाको केही इलाकामा मिसाइल आक्रमण गरेको छ । अहिलेसम्म ५० वटा मिसाइल आक्रमण गरिसकेको बिबिसीले जनाएको छ । सिरियामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा आक्रमण भइरहेको हो । गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ …

Read More »

सिरियामा रसायनिक आक्रमण, कम्तिमा ५८ जना मारिए

काठमाडौं, २२ चैत- सिरियामा विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब शहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जना मारिएका छन् भने दर्जनाैं घाइते भएका छन् । मानवअधिकारवादी संगठनहरुका अनुसार खान शेखौनमा सिरियाली सरकार र रुसी जेटको हमलामा यति ठूलो हताहति भएको हो । उनीहरुको मृत्यु निसास्सिएर भएको बताइएको छ । राष्ट्रपति बशर अल असदका विरोधिहरुको स्थानीय कोअर्डिनेसन कमिटीहरुको नेटवर्कले केही तस्बिरहरु पोष्ट …

Read More »

साउदीमा अवैध रुपमा तीन पुस्तादेखि बसेकाहरुलाई पनि देश निकाला गर्ने प्रस्ताव

चैत १४- साउदी अरबको सल्लाहकार समिती शुरा परिषदका सदस्य सदिक फदेलले त्यहाँ अवैधानिक रुपमा बसोबास गरिरहेका आप्रवासीलाई देश निकाला गर्नु पर्ने बताउनु भएको छ । अफ्रिका र एसियाका अवैधानिक आप्रवासीहरु साउदीको पश्चिमी भागमा बसोबास गरिरहेका छन् । उनीहरुले आफ्नो देश फर्कने चाहना नदेखाएकाले देश निकाला गर्नु पर्ने फदेलले बताउनु भयो । साउदी सरकारले त्यहाँ झण्डै ३० लाख आप्रवासी अवैध रुपमा …

Read More »

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

काठमाडौं, १० चैत- बेलायतमा भएको आतंककारी आक्रमणको नेपाल सरकारले भर्त्सना गरेको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेलायती बिदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाउँदै संसद भवन अगाडि भएको आतंकबादी हमलाको निन्दा गरे । सन्देशमा परराष्ट्र मन्त्री डा महतले आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना …

Read More »

डोनाल्ड ट्रम्पविरुद्ध फेरि हजारौं जनता सडकमा उत्रिए

हाउस्टन, ८ फागुन- संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने गरी गत …

Read More »

भारतको काश्मिरमा विद्रोहीर प्रहरीबीच गोली हानाहान, सर्वसाधारणसहित आठ मारिए

भारत, १ फागुन- भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा चार जना शङकास्पद आतङ्कबादी लडाकू, दुई भारतीय सेना र दुईजना सर्वसाधारणको मृत्यु भएको छ । श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा अन्य तीन सैनिक घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको अस्पतालमा भर्ना गरिएको छ । “फ्रिसलमा भएको भिडन्तमा चार विद्रोही लडाकू मारिएका भारतीय सेनाका …

Read More »

अमेरिकामा डिभी चिठ्ठा बन्द गर्ने तयारी, नेपालीहरु समेत प्रभावित हुने

माघ २८ गते- अमेरिकाले बर्षेनी विभिन्न देशहरुमा खोल्ने डिभी चिठ्ठा बन्द गर्ने तयारी गरेको छ । अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएसँगै अब डिभी चिठ्ठा बन्द हुने लगभग भएको हो । बाराक ओबामापछिका राष्ट्रपति डोनाल्ड ट्रम्पकै नीतिका अनुसार रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । यो विधेयक पास भएमा धेरै नेपालीहरु समेत प्रभावित हुनेछन् । विधेयकमा डिभी …

Read More »

नोबेल पुरस्कार विजेता सत्यार्थीको पदक घरबाटै चोरियो, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं, २५ माघ- भारतका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको पदक नयाँदिल्लीस्थित आफ्नै घरबाट चोरी भएको छ । बालश्रम र बालबेचविखन विरुद्ध सक्रिय सत्यार्थीलाई पाकिस्तानकी मलाला युसुफजाईसँग संयुक्त रुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सत्यार्थीले मंगलबार बिहान पदकसँगै नोबेल पुरस्कारको प्रमाणपत्र पनि चोरिएको जानकारी दिएका हुन् । प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको छ ।

Read More »