Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » चाउथेमा २ सय ५० वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण

चाउथेमा २ सय ५० वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण

रेम बिक
पोखरा, ८ बैशाख । चाउथे बहुउद्देश्यिय सामाजिक समितिको आयोजनामा शुक्रबार भएको स्वास्थ्य शिविरमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । निशुल्क रुपमा भएको स्वास्थ्य शिविरमा उनीहरुले निशुल्क रुपमा औषधी समेत प्राप्त गरे ।

५० वर्ष माथिका वृद्धवृद्धालाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा चाउथे आसपास र लेखनाथ क्षेत्रका वृद्धवृद्धाहरु बढि सहभागी भएका थिए । उनीहरुलाई १० जना विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

वृद्धवृद्धाको स्वास्थ्य परिक्षणका लागि मेडिकल फिजिसियन, नशा तथा हाडजोर्नी विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टरहरुलाई समितिले उपलब्ध गराएको थियो । सोहि क्रममा सम्पूर्ण वृद्धवृद्धाको निशुल्क रुपमा रक्त परिक्षण समेत गरिएको समितिले जनाएको छ ।

‘हाम्रो संस्थाको सोँच नै वृद्धवृद्धाहरुको वास्ता गर्नु हो । र, समाजमा रहेका जेष्ठ नागरिकलाई स्वस्थ जीवनशैली जिउने वातावरण बनाउनु हो ।’ समितिका अध्यक्ष खड्क बहादुर कार्कीले भने–‘यो एक हिसाबले जेष्ठ नागरिकलाई सम्मान दर्शाईएको पनि हो ।’ निशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य उपचार गराईसकेपछि वृद्धवृद्धाहरु निकै खुशी भएको समेत उनले प्रतिक्रिया दिए ।

चाउथे बहुउद्देश्यिय सामाजिक समिति अघिल्लो वर्षको पुसमा दर्ता भई फागुनमा पहिलो अधिवेशन गरि शुरु भएको संस्था हो । स्थापनापछि संस्थाले गरेको यो दोस्रो कार्यक्रम हो । संस्थाले पहिलो कामस्वरुप वृद्धवृद्धाहरुका लागि दिवा सेवा कार्यक्रमको शुरुवात गरेको थियो । यो कार्यक्रमअन्तरगत संस्थाले वृद्धवृद्धाहरुलाई दिनको समयमा आफ्नो संस्थाद्धारा संचालित बेलचौतारास्थित समितिको सेवा केन्द्रमा ल्याएर उनीहरुको सेवा गर्दै आएको छ । र, यो कार्यक्रमले अझै पनि निरन्तरता पाईरहेको छ ।

संस्थाले आगामी दिनमा पनि वृद्धवृद्धाहरुलाई लक्षित गर्दै अन्य थुपै्र सृजनात्मक क्रियाकलापहरु गर्ने योजना बनाएको छ ।

Check Also

पोखरा–लेखनाथ महानगरको मेयर बने मानबहादुर, स्मार्ट बन्ला त महानगर ?

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार …