Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » निर्वाचनलाई लक्षित गर्दै कास्की काँग्रेसका भातृ संगठनहरुको प्रचार समितिहरु गठन

निर्वाचनलाई लक्षित गर्दै कास्की काँग्रेसका भातृ संगठनहरुको प्रचार समितिहरु गठन

बिग न्यूज
पोखरा, २४ कात्तिक । नेपाल किसान संघ कास्कीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसबाट कास्कीका तीन वटै क्षेत्रका उम्मेदवारी दिएका उम्मेदवारहरुलाई जिताउनका लागि प्रत्येक क्षेत्रमा आफ्नो टोली खटाउने भएको छ । शुक्रबार बसेको किसान संघको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र र वडाहरुमा काँग्रेसको उम्मेदवारहरुको पक्षमा माहौल बनाउने गरि निर्णय गरेको हो ।

पदाधिकारी बैठकको निर्णअनुसार कास्की क्षेत्र नम्बर १ मा नेपाल किसान संघ कास्कीका उपसभापति ढकनाथ कँडेल, त्यस्तै प्रदेश क मा रमादेवी पौडेल र प्रदेश ख मा माधवप्रसाद सिग्देलको सँयोजकत्वमा चुनाव प्रचार टोली बनेको छ । त्यस्तै कास्की क्षेत्र नम्बर २ प्रदेश क मा क्षेत्रीय सभापति विश्वराज आचार्य र प्रदेश ख मा मुकुन्द बाँस्तोलाको नेतृत्वमा टोली खटाईने किसान संघ कास्कीले जनाएको छ ।

त्यसैगरि कास्की क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश क मा शिवप्रसाद अधिकारी र प्रदेश ख मा आनन्दप्रसाद अधिकारीको सँयोजकत्वमा किसान संघको टोली प्रचारमा खट्नेछ । क्षेत्र नम्बर २ र ३ मा प्रतिनीधिसभा उम्मेदवारको प्रचारको जिम्मा किसान संघ कास्कीका सभापति भेषराज पराजुली आफैको सँयोजकत्वमा प्रचार टोली खट्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै शुक्रबार वडा नम्बर १५ मा बसेको भेलाले चुनावी प्रचारका लागि ३ सय १ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । यसैबीच, पोखरा ११ मा पनि काँग्रेसको चुनावी प्रचार कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नम्बर २ का निर्वाचन प्रचार संयोजक शोभियतबहादुर अधिकारीले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि बोल्दै उनले प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्न लोकतन्त्रबादीहरु एकजुट हुनुपर्ने समय आएको बताए ।

कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले समुन्नत विकासका लागि काँग्रेसको जित आवश्यक रहेको बताए । प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले समग्र पर्यटकीय क्षेत्रको रुपमा रहेको वडा नम्बर ११ र काहुँको विकासका लागि आँफुलाई मतदान गर्न आग्रह गरे ।

नेपाली काँग्रेस वडा ईकाई समितिका अध्यक्ष बोधराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दामोदर आचार्यले गरेका थिए भने स्वागत उपसभापति हरि प्रसाद बास्तोलाले गरेका थिए ।

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …