Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरा लेखनाथ १० मा कांग्रेस प्यानल बिजयी

पोखरा लेखनाथ १० मा कांग्रेस प्यानल बिजयी

पोखरा ०५ जेठ ।  पोखरा लेखनाथ महानगरपालिकाको वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्ष राजकुमार गुरुङको प्यानल बिजयी भएको छ । राज कुमार गुरुङले निकटतम प्रतिद्धन्द्धी महेन्द्र कुमार गुरुङलाई ४२६ मतले पराजीत गर्दै बिजयी भए । राजकुमार गुरुङले १ हजार ४ सय ४६ मत ल्याएका छन् भने महेन्द्र गुरुङले १ हजार २० मत ल्याएका थिए ।

खुला सदस्यतर्फ सम्मर बहादुर श्रेष्ठ र महेन्द्र कुमार गुरुङ, महिला सदस्य निसा मल्ल र दलित महिला सदस्यमा प्रतिभा बिक (पोख्रेल) बिजयी भएका छन । १० नम्बर वडा बाट मेयरमा एमालेका उम्मेदवार मान बहादुर जिसीको १ हजार २ सय ५९ मत आउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ हजार २ सय ३८ मत ल्याएका छन । उपमेयरमा काँग्रेस उम्मेदवार सरस्वती गुरुङले १ हजार ३ सय ६८ मत र एमाले उम्मेदवार मञ्जु गुरुङको १ हजार १ सय ५५ मत रहेको छ ।

Check Also

निराहार ब्रत बसी छातीमै जमारा उमार्न लागे (हेर्नुहोस् भिडियो सहित)

पोखरा, ९ असोज / पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ कास्कीकोटमा रहेको गुप्तकालीका मन्दिरमा आयोजित …